ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ– मन्त्री अर्याल


admin
१७ माघ २०७६, शुक्रबार   ६ : ००   बजे

काठमाडौ, १७ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताउनुभएको छ । शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उहाँले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसङ्ख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको जानकारीसमेत दिनुभयो । मन्त्री अर्यालले तालिम प्राप्त व्यक्तिले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा आयस्तरमा वृद्धि गरि सहज जीवनयापन बिताइरहेको बताउनुभयो ।

उहाँले क्याम्पसले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिनुभयो । दक्ष जनशक्तिलाई विदेश पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाको खोजी गरिनुपर्ने उहाँले बताउनुभयो । “अब हामीले हाम्रो ज्ञान बिक्री गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको छ ।” प्राविधिक शिक्षा बोली खानेभन्दा पनि गरिखाने शिक्षाका रुपमा परिचित भएको भन्दै उहाँले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group