ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवाद्वारा कोरोना सङ्क्रमणबाट सतर्कताका लागि अपिल


admin
१७ माघ २०७६, शुक्रबार   ७ : १५   बजे

काठमाडौ, १७ माघ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गर्नुभएको छ ।

चीनको वुहान शहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कैयाँैको मृत्यु भइसकेको छ भने यसबाट हजारौँ सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय रुपमा कोरोना सङ्क्रमण फैलिन शुरु भएको स्थितिमा विश्व स्वास्थ्य सङ्गठनद्वारा घोषित सङ्कटकाल र सङ्क्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै सभापति देउवाले सार्वजनिक अपिल गर्नुभएको हो ।

सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणको जोखिम र पूर्वसतर्कताबारे नेपाल सरकारले विविध माध्यमबाट नागरिक पङ्क्तिमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । उहाँले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न काँग्रेसका नेता तथा कार्यकर्तासँगै सबै राजनीतिक दल, सङ्घसंस्था र सञ्चारमाध्यमहरुलाई विशेष आग्रह गर्नुभएको छ । नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष ‘हेल्थ डेस्क’ प्रभावकारी ढङ्गले सञ्चालन गर्न अपिल गर्दछु, ताकि कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस् । कैयौँ देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् तर त्यहाँ रहेका करीब १०० नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु’, सभापतिको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले वुहानबाट नेपालीलाई उद्धार गरेर ल्याएपश्चात् स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारले तत्काल कार्य शुरु गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । सङ्क्रमण परीक्षणका लागि तत्काल राजधानीमा अलग्गै केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सभापति देउवाले यसलाई गम्भीरतापूर्वक सोहीअनुसार कार्य गर्न सरकारलाई सचेत गराउनु भएको छ । उहाँले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा विशेष अपिल पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group