ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपोसार बढ्यो


admin
१८ माघ २०७६, शनिबार   ५ : ३५   बजे

तनहुँ,१८ माघ । तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो ।

पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । यसजिल्ला हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३/७४ मा २७, २०७४/७५ मा ४० र २०७५/७६ मा ७० लागुऔषधसहित पक्राउ परेका थिए । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको बताइएको छ । “लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ”, उहाँले भन्नुभयो ।

लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध कारोवारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ । “पृथ्वीराजमार्गमा पर्ने तनहँु खण्ड हुँदै अन्य जिल्लामा लागुऔषध ओसारपसार हुने गरेको तथ्याङ्कले देखाएको छ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “सस्तो मूल्यमा खरीद गरेर महङ्गोमा बिक्री गर्न पाइने भएपछि युवायुवती लागुऔषधको कारोवारमा लागेका छन् ।”रात्रिकालीन बसबाट बढी मात्रामा लागुऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । जिल्लामा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँदछ ।

लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि प्रहरीले व्यास नगरपालिकाको सहकार्यमा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रसमेत स्थापना गरेको छ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइने छ ।केन्द्र सञ्चालनका लागि नगरपालिकाले दुई कोठा र परामर्शदाताका लागि पारिश्रमिक उपलब्ध गराएको छ र्। केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा डेढ लाखदेखि दुई लाखसम्म लागुऔषध प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group