ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षमा प्रदेशसभाको बलियो जग बसाल्ने काम भयो– सभामुख घर्ती


admin
१८ माघ २०७६, शनिबार   ७ : १४   बजे

काठमाडौं, १८ माघ । प्रदेश ५ प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले प्रदेशसभाको बलियो जग बसाल्ने काम दुई वर्षमा सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

संसदीय पत्रकार समाज प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले चुनौतीलाई समाधान गर्दै सबैको सहयोगबाट जिम्मेवारीलाई निर्वाह गर्न सफल भएको जानकारी दिनुभयो । प्रदेशसभामा पहिलो हुने दौडभन्दा अधिकतम राम्रो बनाउने प्रयत्नका साथ काम गर्ने प्रयासमा रहेको सभामूख घर्तीले उल्लेख गर्नुभयो । उहाँले प्रदेशसभाबाट बनेका कानून जनपक्षीय भए/नभएको विषय कार्यान्वयनबाट देखिने र दुई वर्षको अवधिमा कानून निर्माणसँगै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर कायम राख्नसक्नु उपलब्धि भएको बताउनुभयो ।“पूर्वाधारको मात्र हैन प्रदेशसभामा शपथमा राष्ट्रिय झण्डासमेत थिएन”, सभामुख घर्तीले भन्नुभयो, “त्यस्तो अवस्थाको प्रदेशसभाको संरचना अहिले आएर पूर्वाधारमा उल्लेख्य काम भएको छ ।”

उपसभामुख कृष्णी थारुले प्रदेश नं ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसद्को ध्यान केन्द्रित भएको बताउनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानून सङ्ख्या बढाउनेभन्दा कार्यान्वयनले परिणाम देखिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसीले प्रदेशसभाको जनपक्षीय कानून निर्माणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभाले कानून निर्माणमा उत्कृष्टता देखाए पनि कार्यान्वयनमा नागरिक आवाज मुखरित हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सभामुख घर्तीलेसमाजले प्रकाशित गरेको प्रदेशसभाका सदस्यको पूर्ण परिचयसहितको पुस्तिकाको विमोचन गर्नुभएको थियो । विसं २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu