ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा उच्च राख्ने प्रतिबद्धता


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   ११ : १०   बजे

काठमाडौं, १९ माघ ।  सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आज बिहान उहाँको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु, राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने मेरो भगिरथ प्रयत्न रहनेछ ।” सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समितिका सदस्यहरुले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरुलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरुले नेपालको गणतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधानसभामार्फत संविधान निर्माणलगायत देश र जनताका निम्ति श्री सापकोटाले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै सुशासन प्रवद्र्धन, राष्ट्रिय सुरक्षा र नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न गम्भीर भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group