ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैदेशिक रोजगारीमा गएका नेपाली युवाको किन हुन्छ मृत्यु , कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज
१९ माघ २०७६, आइतबार   २ : ३०   बजे

काठमाडौं, १९ माघ । बैदेशिक रोजगारी नेपाली युवाको आकर्षणको केन्द्र हो । घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ । लाउंलाउं खाउंखाउं उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशीन बाध्य युवामध्ये कतिले सीमित कमाई गर्छन्, कति लुटिन्छन् भने कतिले प्राण त्याग्छन् । दिनहु दुई तीन लाशका कफिन नेपाल भित्रिरहन्छ ।

केही दिन अघि मात्रै हो, पोर्चुगलको कास्काइसको बोका डो ईनफर्नो क्षेत्रमा धादिङका दुई नेपाली युवा श्याम र कमल तामाङलाई समुद्री छालले बगायो । त्यसैगरी, प्रतिव्यक्ति १० लाख ३० हजारभन्दा बढी खर्चेर रिलाइयबल र जिसीडी कम्पनीमार्फत दुबई पुगेका १० नेपाली अलपत्र परे । युएईको अबुधाबीमा १८ नेपाली कामदार बोकेको बस दुर्घटनामा परि ३ नेपालीको मृत्यु र १४ जना घाईते भए । यी घटनाहरु भएको महिनादिन पनि बितेको छैन ।

वैदेशिक रोजगारका लागि मुख्य गन्तव्य मध्ये एक मानिने संयुक्त अरब ईमिरेट्स (युएई) मा गत सन् २०१९ मात्रै १ सय ३ जनाले ज्यान गुमाए । जसमध्ये १ महिलासहित ५७ जनाको मृत्यु प्राकृतिक कारणबाट भयो भने यसैगरी, १८ जनाले आत्महत्या गरेका हुन् । पारिवारिक तनाव, अत्याधिक कामको खटाई र अव्यवस्थित दैनिकीका कारण अधिकांश नेपालीको मृत्यु सुतिरहेको अवस्थमा नै हुने गरेको जानकारहरु बताउंछन् । वैदेशिक रोजगार बोर्डले पनि अस्तव्यस्त, अस्वस्थ एवं तनावग्रस्त जीवनशैलीका कारण हृदयघातबाट मृत्यु हुनेगरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४⁄७५ मा ८ सय २१ जनाले ज्यान गुमाएका थिए । गत वर्ष वैदेशिक रोजगारीको शिलशिलामा ७ सय ५३ ले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । यसैगरी चालु वर्षमा पनि यो संख्या कम भएको बोर्डले जनाएको छ । यो ६ महिनामा विदेशिएकाहरुमध्ये २ सय ८५ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकाहरुको विविध कारणवश अल्पायुमै ज्यान गुमाएका परिवारलाई ७ लाख क्ष्ँतिपूर्ति दिईरहेको बोर्डले जानकारी दिएको छ ।

यद्दपी सरकारले रोजगारका लागि विदेशिनेभन्दा पनि स्वदेशमै रोजगारी तथा स्वरोजगारको वातावरण सिर्जना गर्ने कसरत गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउ“छन् ।

आफू जुन देशमा जुन कामको लागि जाने हो, त्यस देशको भाषा, मौसम, सेवासुविधा तथा कामको सीप सिकेर जान उनी सुझाव दिन्छन् । वैदेशिक रोजगारमा रहेकाहरुले आफ्नो शारिरीक तथा मानसिक दुवै स्वास्थ्यको ख्याल गर्नुपर्छ, एसी खालेर रातभर त्यतिकै सुत्नुहुन्न । केही प्राविधिक ज्ञान मात्र हुने हो भनेपनि दुःखद घटना न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

धेरै नेपालीको मृत्यु हुने देश मलेसिया पनि हो । आर्थिक वर्ष २०७५⁄७६ मा मलेसियामा २ सय २९ जना नेपालीले ज्यान गुमाएको सरकारी तथ्यांक छ । ताप्लेजुङ्, पा“चथर, ईलाम, सर्लाही, महोत्तरी, मोरङ, सप्तरी, खोटाङ, गुल्मी, नवलपरासी र रोल्पालगायतका जिल्लाका कामदारहरुको बढी ज्यान गएको तथ्यांक छ ।

सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारका लागि सरकारी तथा सम्बन्धित पक्ष्ँमा विभिन्न पहलहरु नभएका हैनन्, तर कार्यान्वयनको पाटो प्रभावकारी नहु“दा लाखौं युवा मारमा परिरहेका छन् । त्यसो त वैदेशिक रोजगारको शिलशिलामा हुने ठगी तथा अपराध नियन्त्रणका लागि उजुरी लगायतको प्रक्रिया स्थानीय तहमा प्रदान भईसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । सूचना प्रविधिको अधिकतम उपभोग गर्न सके यस क्षेत्रको समस्या कम हुने विभागका महानिर्देशक भीष्मकुमार भूषाल बताउछन् ।

वैदेशिक रोजगारमा फ्रि भिसा र फ्रि टिकटको फन्डा पनि उत्तिकै आलोचनात्मक बनिरहेको अवस्था छ । लाखौं खर्च गरेर गएका नेपाली समेत विदेशमा अलपत्र भएर बस्नुपरेको र मृत्युवरण गर्नुपर्ने कहालीलाग्दो अवस्था छ । त्रिभुवन विमानस्थलमा दैनिक ३ देखि ४ लाश बाकसमा आउने गरेको तीतो तथ्यांक छ । यसर्थ सक्ने हो भने आर्थिक समृद्धि तथा विकासका लागि सरकारले उर्जाशिल जनशक्तिलाई स्वदेशमै परिचालन गर्नसक्नुपर्दछ । सकिदैन भने वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन थप गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu