ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० दिनमै चीनले बनाएको अस्पताल आज सोमबारबाट प्रयोगमा आउँदै (फोटोफिचर)


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   १० : १५   बजे

काठमाडौं, २० माघ। कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएको थियो । ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । वुहानका ती चिनियाँ फिलिपिन्स आउनुअघि नै संक्रमित रहेको बताइएको छ ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिका, अस्ट्रेलिया इटलीसहित विभिन्न देशले चीन हुँदै आउने पर्यटकका लागि आफ्नो देशको ढोका बन्द गराएपछि विश्व नै यतिबेला कोरानाबाट त्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu