ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याए – प्रहरी


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   २ : ३६   बजे


जनकपुरधाम, २० माघ । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेकोछ ।

चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू–ससुरा मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको पाइएको डीएसपी रामेश्वर कार्कीले बताउनुभयो ।

उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् । घटनावारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu