काठमाडौं, २० माघ । चीनमा नोभेल कोरोना भाइरस संक्रमित आमाले एक स्वस्थ बच्चा जन्माएकी छन् । उत्तरपूर्वी चीनको हइलोजियाङ प्रान्तको हर्बिनस्थित अस्पतालमा जनवरी ३० मा एक स्वस्थ छोरी जन्माएको हर्बिन नगर स्वास्थ्य आयोगले सोमबार पुष्टि गरेको छ ।
अस्पतालका अनुसार बच्चाको तौल साढे तीन केजी रहेको छ । पटक–पटकको स्वास्थ्य क्वारेन्टाइनपछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
३८ साताकी गर्भवतीले जनवरी ३० मा बच्चा जन्माएकी हुन् । ती महिलाले अवस्था कमजोर हुँदै गएपछि तत्काल अपरेसन गरेर बच्चा जन्माइएको थियो । अहिले आइसोलेसनमा राखेर उनको थप उपचार भइरहेको छ ।
बच्चाको कोरोना परीक्षण दुई पटक गर्दा पनि नेगेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्