ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसलाई लिएर अमेरिकाले ‘त्रास’ फैलाएको चीनको आरोप


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   ४ : १५   बजे

काठमाडौं, २० माघ ।  अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो ।

सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ । अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन्।

अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो। अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ।

कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ। सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ।

यसअघि चीनले अमेरिकी व्यापार सचिव विल्बर रोसको अभिव्यक्तिको कडा आलोचना गरेकोथियो। रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएका थिए। चीनले अमेरिकीले दुःखद घडीमा सहयोग गर्नुको साटो गलत उदाहरण स्थापना गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu