ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आवश्यक– अध्यक्ष तिमिल्सिना


एबीसी न्यूज
२० माघ २०७६, सोमबार   ६ : ०९   बजे

काठमाडौं, २० माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–६ पारसनगरमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको समापन समारोहमा उहाँले विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा हो भन्दै शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अबको शिक्षाले उत्पादित जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

अहिले शिक्षक नियुक्तिका क्रममा प्रतिस्पर्धामा आएका भए पनि शैक्षिक गुणस्तर दिन नसक्नु समीक्षाको बिषय बनेको उहाँले बताउनुभयो । निजी क्षेत्रले शिक्षामा दिएको योगदानभन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट सञ्चालित विद्यालयले प्रतिफल दिन नसकेको उहाँले बताउनुभयो । अबको शिक्षा उद्यमशील शिक्षा हुनुपर्ने भन्दै उहाँले प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।सो अवसरमा विद्यालयको स्वर्ण महोत्सवका अवसरमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group