ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सरकार नै समृद्धिका लागि उपयुक्त, कोरलिडरमा अभूतपूर्व एकता (प्रमको अन्तरक्रियाको सारसंक्षेप)


एबीसी न्यूज
२२ माघ २०७६, बुधबार   ७ : १७   बजे


काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’’

उहाँले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गौलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराउनुभयो । सो अवसरमा उहाँले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

नेकपाको सरकार नै समृद्धिका लागि उपयुक्त, कोरअmफ लिडरमा अभूतपूर्व एकता (प्रमको अन्तरक्रियाको सारसंक्षेप)

तपाईहरु अलिअलि बढ्ता भएको पनि हो । बढ्ता हुनु ठीक हो, स्वाभाविक हो । किनभने, लडेर डेमोक्रेसी ल्याएको छ, लडेर स्वतन्त्रता ल्याएको छ, यसरी ल्याएको फि्रडम भएपछि अहिलकति मान्छेले इन्जोय त गरिहाल्छन् ।

जेलबाट छुट्नेवित्तिकै म गोसाइँकुण्ड गएँ । फ्रिडम इन्जोय गर्न गएको, अर्थोक केही होइन । भर्खर जेलबाट छुटेको, गोसाइँकुण्ड जाँदा झण्डै नमर्‍या ! १४ वर्ष जेल बसेर कुँजिएको मान्छे, गोसाइँकुण्डतिर लागेपछि अमरसिंह थापाजस्तो झण्डै नभाको !

डेमोक्रेसीमा अलिअलि यस्ता कुराहरु हुन्छन् । मचाहिँ अन्डस्ट्यान्ड गर्छु यी कुराहरुलाई । तपाईहरुलाई मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु । नबिझाउन् । कहिलेकाहीँ यस्तो घरमा पनि चल्छ नि ।

सरकार असहिष्णु होइन, हुन सक्दैन । कहिले-कहिले मैले पनि भन्छु । तपाईहरु कत्ति असहिष्णु, मैले केही भन्नै नपाउने ? अरुलाई चाहिँ सहिष्णु हुनुपर्छ, सुन्नैपर्छ, सुन्नै नसक्ने भन्ने, मैलेचाहिँ तपाईहरुको अलिकति राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन ? भन्दाखेरि उत्पात मच्चाउने ? किन त्यस्तो असहिष्णुता ? अलिअलि त तपाईहरु पनि सहिष्णु हुनोस् न कहिले कहिले हौ ! एउटा गीत गाउँछन् नि, केही भन्नै हुन्न गाँठ्ठे… ! केही भन्नै नहुने ।’

तपाईहरुले चाँहि लेख्न हुने, छाप्न हुने, भन्न हुने, व्यंग्य पनि, चित्र पनि बनाउन हुने, कविता पनि कोर्न हुने, लेख पनि देख्न हुने, जे पनि छाप्न हुने । हामीले हैन, अति नै पो गरे हौ साथीहरुले त भनेर भन्यो भने लौ.. यो त भनेर फेरि… । अलिअलि त हामीले पनि यसो भन्न पाउनुपर्छ नि । थोरैतिनै यसको पनि त संरक्षण गर्दिनोस् ।

सरकार असहिष्णु हुनै सक्दैन । हामी सानोतिनो मूल्य तिरेर यहाँ आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरु, यो प्रणाली, स्वतन्त्रताको हक पनि जान सक्दैन, प्रेस स्वतन्त्रता पनि जान सक्दैन । यो सबैलाई थाहा छ । सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको बनोटको कुरा हो ।

हामी एउटा स्वतन्त्र समाजमा छौं । स्वतन्त्र समाजमा बाँचिरहेका छौं र यस्तो खतरा केही पनि छैन । पहिलो कुरा त प्रेस स्वतन्त्रताको सन्दर्भमा, मिडियाको स्वतन्त्रताको सन्दर्भमा म सरकारका तर्फबाट तपाईहरुलाई पूर्णरुपमा आश्वस्त हुन आग्रह गर्न चाहन्छु । कुनै प्रकारको प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन । र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने, या स्वतन्त्रताका हकहरु, कुनै पनि, प्रेस, वाक, प्रकाशन, मुभमेन्ट आदि विभिन्न स्वतन्त्रताका हकहरु कुनै पनि कुण्ठित गरिँदैन ।

म आफैं ५५ वर्षस्वतन्त्रताको निम्ति लडेँ । मानवअधिकारका निम्ति मैले लडेको छु । मानवअधिकारको अभाव र स्वतन्त्रताको अभाव अवस्था कस्तो हुन्छ, साथीहरुले अलि बढी देख्नुभएको छ, मैले धेरै भोगेको छु । त्यसकारण म साथीहरुलाई फेरि पनि भन्न चाहन्छु, यसमा साथीहरुले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन, छैन ।

कुनै हिसाबले कुनै कुरा छलफलका क्रममा गलत भएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । पूर्ण प्रेस स्वतन्त्रता हुन्छ ।

केही केही कानुन, केही केही कुराहरु सभ्य समाजका निम्ति भन्नुपर्ने, राख्नुपर्ने हुन्छ । हामी एउटा सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रताको हनन हुन भएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिन भएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना हुन भएन । यी कुराप्रति हाम्रो सजगता आवश्यक छ । यो चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रमाणित र एउटा जिम्मेवार ढंगले सभ्य प्रस्तुती होस् भन्ने एउटा आकांक्षा हो ।

कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन, कसैको कारोबार अनुचित ढंगले क्षति पुर्‍याउने हिसाबमा पुर्‍याइयो भने त्यस्तोमा के गर्ने ? त्यसलाई सच्याउने बाटो होला, अथवा त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । बाटोमा हिँड्ने अधिकार त हामी सबैलाई हुन्छ, तर बाटोमा कसरी हिँड्ने भन्ने त सभ्य समाजमा आउँछ नि ।

दुईवटा विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै । म देशका नाम नलिऔं । एउटामा शालीनता छ, विनम्रता छ । कुरा गर्दाखेरि झुकेर कुरा गर्छन् । अर्कोमा त्यो छैन । एउटामा सामाजिक मूल्यहरु माथि हुन्छन् भने अर्कोमा कम हुन्छन् ।

हामीले सभ्य समाज बनाउन खोज्या हौं । हामीले नेपाललाई समृद्ध मात्रै बनाउन खोजेका होइनौं, सभ्य, मानवीय भावनायुक्त, पारस्पारिक सहयोगात्मक सम्बन्ध भएको समाज निर्माण गर्न खोजेका हौं हामीले । त्यतापट्टी हामी सबैका प्रयासहरु केन्दि्रत हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रताजस्तो कुरालाई कुण्ठित गरेर हुने भन्ने होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा अझ लगेर स्वतन्त्रताका हकहरुको संकुचनतर्फ लगेर अथवा लोकतन्त्रसँग लगेर…।

कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ । मान्छेले रीस उठ्दाखेरि ‘मार्दिन्छु तँलाई’ भन्छ । त्यो साँचो भन्या होइन । कहिलेकाहीँ पत्रकारहरुले त्यस्तै गर्दिनुहुन्छ ।

तर, के नेपालमा तानाशाही छ र ? त्यहाँ पुग्यो र देश ? के हामी साँच्चै त्यहीँ छौं त ? देश के हामी घुम्न हिँड्ने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज त्यस्तै कर्फ्यु छ र ? अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनबाट आएको हो । जनताले सबभन्दा विश्वास गरेको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group