काठमाडौं, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। इन्फेक्सनको समस्या भएपछि मंगलबार राति मनमोहन अस्पतालमा भर्ना गरिएको शर्माको बुधबार बिहान उपचारका क्रममा उहांको निधन भएको हो ।
७२ वर्षीय शर्मा नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उहांको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ । शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम समेत गर्नुभएको थियो । शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो ।
प्रतिक्रिया दिनुहोस्