काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा केही नयाँ कुरा खुलाएका छन् । उहांनले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको जानकारी दिनुभएको छ । मंगलवार सांझ मिडियाका सम्पादकहरुसंगको भेटघाट कार्यक्रमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बताउनुभएको हो ।उहांले आफु अब तीन वर्ष प्रधानमन्त्री भएर देश चलाउनका लागि किड्नी ट्रान्सप्लान्ट गर्ने निर्णय गरेको बताउनुभयो । लगातार डायलसिस गर्नुभन्दा ट्रान्सप्लान्ट गर्दा नै स्वास्थ्य राम्रो हुने भएकाले आफुले त्यस्तो निर्णय गरेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
१२ वर्ष अगाडी आफन्तको किड्नी ट्रान्सप्लान्ट गरेका प्रधानमन्त्री फेरी अहिले केही महिना यता डायलसिसमा छन् । ट्रान्सप्लान्ट गरेको किड्नीले काम गर्न छोडेका कारण उहां डायलसिसको सहरामा हुनुहुन्छ।
उहांले यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग सरकार संचालनका सम्बन्धमा भएको सहमतिमा पनि फेरवदल भएको बताउनुभयो । यस अघि आलोपालो प्रधानमन्त्री बन्ने सहमति प्रचण्ड र ओलीबीच भएको बताइएको थियो । तर अहिले प्रचण्डको सहमतिमै आफु ५ वर्षकै लागि प्रधानमन्त्री रहने उहांको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्