ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस उपसभापति गच्छद्धार निलम्बित : काम लागेन गच्छदारको बुधबार दिनभरको दौडधुप


एबीसी न्यूज
२३ माघ २०७६, बिहिबार   ८ : ३३   बजे

काठमाडौं, २३ माघ  । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित हुनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ स्वतः सांसदबाट निलम्बित हुनुभएको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । गच्छद्धारले ललितानिवासको सरकारी जग्गा हडप्ने काममा सघाएको प्रमाणसहित अख्तियारले मुद्दा दायर गरेको हो । गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

अख्तियारले भ्रष्टाचार मुद्दद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दौडधुपमा थिए । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर भेटेका थिए ।  गच्छदार अपराह्न ४ देखि ६ बजेसम्म पुनः देउवानिवास बूढानीलकण्ठमा रहेको एक स्रोतले बताएको छ ।

गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजीबी’ अख्तियारको फन्दामा परेको छ । ०४८ पछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई केजीबी समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो ।’ अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराज मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ ।

गच्छदारमाथी अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगोसहित मुद्दा दायर गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group