ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेससँगको प्रेम टुट्न दिन्न – नेकपा अध्यक्ष प्रचण्ड (भिडियोसहित)


एबीसी न्यूज
२३ माघ २०७६, बिहिबार   ५ : २५   बजे


सिरहा, २३ माघ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश संगको प्रेम टुट्न नदिने बताउनु भएको छ ।

सिरहाको सखुवानन्कारकट्टीमा आजबाट झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
उहाले तराईका सवै जनताको माया पारेर देशको नेतृत्व समेत गरेको उहाले बताउनुभयो । उहाले प्रदेश २ मा सिंचाईको प्रमुख समस्या रहेको भन्दै कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने समेत बताउनुभयो । उहाले हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने समेत बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्नुभयो । उहाले भन्नुभयो , ‘आवश्यकता बमोजिम संविधान परिमार्जन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेको छ । त्यसैले आवश्यकता बमोजिम परिमार्जन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, ’ उहाले भन्नुभयो, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’ उहाँले तराई–मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रा तिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताउनु भयो ।

मेलाको उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य (मातृका प्रसाद यादब, नेकपाका केन्द्रिय सदस्य )अजय शंकर नायक ,नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम कुमार यादव, सखुवानन्कारकट्टी गा।पा।प्रमुख केदार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला १० दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu