ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन– मन्त्री भट्ट


admin
२३ माघ २०७६, बिहिबार   ६ : ५८   बजे

काठमाडौं, २३ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहँुदै उहाँले औद्योगीकरण नगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा हुन नसक्ने बताउनुभयो ।

उहाँले कृषिमार्फत देशलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहँुदै हिजोका दिनमा कृषि उत्पादन निर्यात गरिन्थ्यो, आज आयात गर्न थालिएको छ । त्यसैले कृषिमा देशलाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लगानीकर्तालाई आकर्षित गर्न र विकासका निम्ति सरकारले कार्यक्रमहरु अगाडि बढाएको बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “राष्ट्रिय गौरवका योजनालाई सरकारले अगाडि बढाएको छ । जलविद्युत्, यातायात र पर्यटनका क्षेत्रको विकासमा लागेका छौँ ।” दोधारा–चाँदनी सुक्खा बन्दरगाह स्थापनाको काम अगाडि बढाउनका लागि भारत सरकारका सहसचिव, सचिव र मन्त्रीस्तरमा छलफल भएको उल्लेख गर्दै बन्दरगाह निर्माणका लागि कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले विश्व व्यापारसँग नजोडिँदासम्म देशमा विकास हुन नसक्ने बताउनुभयो । दैजी औद्योगिक क्षेत्र र दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई औद्योगिक कोरिडोरका रूपमा अगाडि बढाइने उहाँको भनाइ छ । “मुक्तकमैया, आरक्षपीडित, मुक्तहलिया, सुकुम्वासीलगायतको समस्या समाधान गर्नका लागि नयाँ भूमि ऐन बनेको छ”, उहाँले भन्नुभयो, “भूमि ऐन प्रमाणीकरणपछि ऐन कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका बनाई ऐलानी पर्ति जग्गाको समस्यासमेत समाधान हुन्छ ।”

मध्यपहाडी लोकमार्ग, पश्चिम सेती जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको कार्य सरकारले अगाडि बढाएको उहाँले बताउनुभयो । विकास एक पार्टीका लागि होइन, विकास सबैका लागि भएकाले सबैको एकबद्धताको खाँचो रहेको उहाँले बताउनुभयो । खेलकूदले स्वास्थ्य समाज निर्माणसँगै संस्कारी समाजको निर्माण गर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले यस क्षेत्रमा पर्यटन विकासका लागि हवाइ सेवालाई विस्तार र भरपर्दो बनाउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका क्षेत्रभित्र रहेका १८ माध्यमिक विद्यालय, १३ सामुदायिक विद्यालय, पाँच सामुदायिक विद्यालयका गरी दुई हजार १८ खेलाडी सहभागी भएका छन् । छात्रछात्राका गरी ५० इभेन्टमा एथलेटिक्सका १३ खेलसहित २५ खेल खेलाइनेछन् । ५० स्वर्ण, ५० रजत र ६४ कास्य पदकका लागि प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group