ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उठेन वडाध्यक्षको शव, दोषी पत्ता लगाउन माग गर्दै स्थानीयद्वारा आन्दोलन जारी


admin
२३ माघ २०७६, बिहिबार   ७ : ३९   बजे

अछाम,२३ माघ । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पद्मबहादुर धामीको शव फेलापरेको तीन दिन भइसक्दा परीक्षण हुन सकेको छैन । धामीको २१ गते बिहान गैरीगाउँस्थित गोठछानामा शव फेला परेको थियो ।

हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण शवको परीक्षण हुन नसकेको हो । “घटनाको मुचुल्का बनाएर शव परीक्षण गरी थप अनुसन्धान अगाडि बढाउने विषयमा छलफल भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “अहिले पनि नगर प्रमुख, उपप्रमुख, पीडित पक्षसहित स्थानीय अगुवाको टोली छलफलमा छ ।”बुधबार बिहानदेखि नै स्थानीयवासी घटनाको सत्यतथ्य छानविन र दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल चले पनि निष्कर्ष निस्किएको छैन ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पूर्णरुपमा बन्द रहेको छ भने आज पनि विनायकमा प्रदर्शन जारी छ । प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ । आफन्तले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै आज पनि विनायक बजार बन्द गरेका हुन् । प्रहरीले सिआइबीको विशेष टोली, तालीमप्राप्त कुकुर परिचालन र फोन कल रेकर्डिङका माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group