ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधी विरुद्धको धार्मिक र सामाजिक मान्यता मुख्य चुनौती (भिडियोसहित)


एबीसी न्यूज
२४ माघ २०७६, शुक्रबार   ११ : ५९   बजे

काठमाडौं, २४ माघ । राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान अन्तर्गत बर्दियामा माघ २५ गते ४ लाख ४५ हजार ५ सय ३१ जनालाई हात्तिपाईले विरुद्धको औषधी खुवाइदै छ । बर्दियाका आठ वटै स्थानिय संग समन्वय गरी गर्भवती, सुत्केरी भएको ७ दिन भित्रका महिला, २ वर्ष मुनिका बालबालिका, र गम्भिर प्रकृतिका विरामी बाहेक अन्य सवैलाई औषधी खुवाउन लागिएको हो ।

बर्दियामा हात्तिपाईले विरुद्धको औषधी खुवाउने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्लाका ४ लाख ७७ हजार ६ सय ६६ जनसंख्या मध्ये ४ लाख ४५ हजार ५ सय ३१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदै छ । जसका लागी करिब ३ सय वटा बुथ सेन्टर छन् भने, ८ सय ४१ महिला स्वास्थ्य स्वंयम सेविका र ४ सय जना स्वास्थ्यकर्मी खटाईदै छ । बर्दियाका ८ वटा स्थानिय तह मध्ये गुलरिया नगरपालिका औषधी सेवनका हिसाबले निकै कम रहेको छ । सामाजिक र धार्मिक मान्यताका कारण औषधी सेवन गराउनु मुख्य चुनौति देखिएको छ ।

हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यका लागी स्वास्थ्य कार्यालयले सवै स्थानिय तह, वडा तथा टोलमा औषधी सेवन सम्वन्धी जानकारी गराइसकिएको छ । विशेष गरी मुस्लिम सुमदायमा औषधी सेवन गर्नेको सख्या न्युन रहेको छ । औषधी खुवाउने अभियान अन्तिम चरणमा पुगेको छ । यद्यपी, आम नागरिकमा औषधी सेवनबारे गलत धारणा रहेको छ । साथै शहरी क्षेत्रमा औषधी सेवनको प्रगति सन्तोषजनक नहुनु एवं नया संरचनामा आम औषधी सेवन अभियान संचालनलाई दिगो बनाइराख्नु मुख्य चुनौति रहेको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी बताउंछन् ।

नेपालमा ६३ वटा जिल्ला हात्तिपाईले रोगको जोखिममा रहेका छन । यसपटक सरकारले झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लम्जुङ, बागलुङ, कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुर गरी १३ वटा जिल्लाका ७० लाख मानिसहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउंदैछ । माघ २५ गते औषधी खान छुटेकालाई ३ दिन सम्म घरदैलो अभियान चलाइने भएको छ । नेपालमा सन २००३ देखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदै आइएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यस रोगले मानव शरीरको लसीका प्रणालीलाई असर गर्ने र अंगहरुमा अस्वभाविक बृद्धि गराउने गर्दछ । यस रोगका कारण संसारभर अन्डकोष सुन्निएका पुरुषहरु २ करोड ५० लाख र खुटटा तथा हात सुन्निएका मानिसहरु १ करोड ५० लाख रहेको अनुमान गरिएको छ । हाल ५० देशका ८५ दशमलव ६ करोड मानिसहरु हात्तिपाइले रोगको जोखिममा रहेका छन् ।

सन २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका छन । दक्षिण पुर्वि एशियाका ब्रुनाई, म्यानमार, कम्बोडिया, इष्ट टिमोर, ईन्डोनेसीया, लाओस मलेसीया, फिलिपिन्स, सिङगापुर, थाईल्याण्ड र भियतनाम मध्ये ९ वटा देशहरु यो रोगको उच्च जोखिममा छन् । संसारभर जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिस पनि यिनै ९ देशमा रहेका छन । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्म आम औषधी सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । संसारका ७१ मध्ये २१ संक्रमित देशहरुले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन । हालसम्म ४९ दशमलव ९ करोड मानिसले पुर्ण उपचार पाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group