ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्छ– मन्त्री विश्वकर्मा


एबीसी न्यूज
२४ माघ २०७६, शुक्रबार   ३ : ४४   बजे

 

काठमाडौं, २४ माघ ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उहाँले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताउनुभयो । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङ कलेजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् । “युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन्” उहाँले भन्नुभयो, “विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।” मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गर्नुभयो ।

उहाँले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताउनुभयो । युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।“सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ”, उहाँले भन्नुभयो, “कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।”

मन्त्री विश्वकर्माले नेपाल भौगोलिक सहजता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको बताउँदै प्राकृतिक अनुकूलताको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । “भौगोलिकता र प्राकृतिक प्रतिकूलताका बाबजुत अन्य देशले विकासमा उल्लेख्य प्रगति हासिल गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अब सामूहिक लक्ष्य, इच्छा शक्ति र सङ्कल्पका साथ नेपाललाई विकसित देशको दाजोमा पु¥याउनुपर्छ ।”उहाँले नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम भएको भन्दै दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकारले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

न्यू समिटका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले काठमाडौँ उपत्यका र देशका विभिन्न ठूला शहरबाट गरी तीन हजार विद्यार्थी सहभागी भएको जानकारी दिदैं विद्यार्थीलाई सही दिशानिर्देश गर्दै सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।काठमाडौँ मोडलका प्रिन्सिपल सुरेन्द्र सुवेदीले सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको बताउनुभयो ।

कार्यक्रममा केवाइसी–२०२० युथ आइकनबाट क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई रु एक लाखबाट सम्मान गरियो । यस्तै केवाइसी–२०२० विशेष अवार्डबाट राष्ट्रिय खेलाडी तेक्वान्दो आयशा शाक्यलाई सम्मान गरियो । गत वर्षदेखि शुरु गरिएको कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu