ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार– मन्त्री गुरुङ


admin
२४ माघ २०७६, शुक्रबार   ५ : २८   बजे

काठमाडौं, २४ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताउनुभएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपाङ्गता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री गुरुङले भन्नुभयो, “यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।”

महासङ्घका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपाङ्गता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपाङ्ग भएका व्यक्ति छन् । ग्रामीण भेगमा उनीहरुको अवस्था अत्यन्तै नाजुक छ । यसका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ भन्न्ुभयो ।महासङ्घका उपाध्यक्ष रामप्रसाद ढुङ्गानाले अझै पनि धेरै भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको सञ्चार सेवा निर्देशनको समयानुकूल परिमार्जन गरी सार्वजनिक यातायातका सवारी साधन, सूचना तथा सञ्चार प्रविधिलाई अपाङ्गमैत्री बनाउन तथा यसको कडाइका साथ कार्यान्वयन गर्न र गरउन पनि सरकारको ध्यानाकर्षण आवश्यक रहेको उनीहरुले बताएका छन् । त्यसैगरी उनीहरुले अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जीवन बीमा, पेन्सन आदि कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group