ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति– मन्त्री भट्टराई


admin
२५ माघ २०७६, शनिबार   १ : २९   बजे

 

काठमाडौं, २५ माघ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ ।

भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उहाँले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिनुभयो । “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उहाँले भन्नुभयो, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ ।”

उहाँले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताउनुभयो । मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तरराष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताउनुभयो । “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उहाँले भन्नुभयो, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।” पश्चिमका लागि मझगाउँ विमानस्थल महत्वपूर्ण रहेको भन्दै उहाँले पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरु उत्सुक्ताका साथ सक्रिय रहेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै सुदूरपश्चिम भ्रमणका लागि आउने विदेशी पर्यटकको हवाई भाडा घटाउनुपर्ने माग गर्नुभयो । “डेढ लाख जनसङ्ख्या भएको ठाउँमा विमानस्थल सञ्चालन हुन्छ, यहाँ त झन छ लाख जनसङ्ख्या छ”, उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेश सरकार पनि पुनःसञ्चालनका लागि सकारात्मक रुपमा लागेका छन ।” प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले पटक÷पटक मझगाउँ विमानस्थल सञ्चालनका निम्ति आफूले संसद्मा कुरा उठाएको बताउनुभयो । “संसारकै ठूलो झुण्डो भएको बाह्रसिङ्गादेखि एशियाकै लामो झोलुङ्गे पुलसम्म हामीसित छन्”, उहाँले भन्नुभयो, “यहाँ आउने विदेशी पर्यटकलाई महङ्गो भाडा लगाएर सुदूरपश्चिम भ्रमणमा आउन किन रोकेको रु ।”

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भीमदत्तनगर नाका महत्वपूर्ण रहेको भन्दै मझगाउँ विमानस्थल सञ्चालनका लागि दुई बिघा जमिन थप गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।“विसं २०३० मा मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो, “भीमदत्तनगरलाई काठमाडौँसित जोड्ने रणनीतिक महत्व छ ।” जग्गा अधिग्रहणका लागि तीनवटै सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । विसं २०५६ मा असुरक्षाका कारण देखाउँदै उक्त विमानस्थल बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group