ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन– राष्ट्रपति भण्डारी


admin
२५ माघ २०७६, शनिबार   ४ : ४८   बजे

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ ।

काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार निर्माणमा प्रत्यक्ष संलग्न सरकारी उच्च अधिकृत र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले सुनेकोभन्दा सम्पदा निर्माणमा प्रगति देखेर आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माण शुरुआत गर्न प्रारम्भमा ढिलाइ भएको प्रसङ्ग स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो, “समस्या समाधान गरेर अहिले ठिक ढङ्गले निर्माण कार्य अघि बढिरहेको छ, यस कार्यमा संलग्न सबैमा धन्यावाद भन्न चाहन्छु ।”ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ भन्दै उहाँले नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता औँल्याउनुभयो ।

पूँजी र प्रविधिको सीमितताका बाबजूद सरकारले त्यस्ता सम्पदाको संरक्षण गर्न गम्भीर भएर सुझबुझ ढङ्गबाट योजना बनाएर काम गरिरहेको छ । “हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जाने हो, अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन, पुत्रशोकमा परेकी आमाका इतिहास रानीपोखरीसंग जोडिएको छ, जति कठोर भए पनि इतिहास भनेको इतिहासै हो, त्यो भावी पुस्ताले थाहा पाउनुपर्छ, हिजोका शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।रानीपोखरी निर्माणको इतिहास र मर्मलाई आत्मसात गरी बाँकी काम अघि बढाउन उहाँले सुझाव दिनुभयो । सम्पदा निर्माणमा मुलुकभित्रका श्रम, सीप र सामग्रीलाई उच्चतम प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै राष्ट्रपति भण्डारीले मुलुकभित्रका विद्यालयका बीचमा दरबार हाइस्कुल नमूनाकै रुपमा निर्माण भएको भनी सह्राना गर्नुभयो ।

प्रकृति र संस्कृतिमाथि अन्याय गर्ने कोशिस भएमा अनेकौ चुनौती आउनसक्नेतर्फ सचेत रहन सुझाव दिँदै उहाँले स्वदेशमै उपलब्ध साधनस्रोतको प्रयोगले बढ्दै गएमा व्यपार घाटा न्यून गर्न योगदान मिल्ने र मौलिकतालाई जोगाउन योगदान पुग्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । राष्टपति भण्डारीले भन्नुभयो, “हामीले कल्पना गरेको सभ्य, अनुशासित र न्यायपूर्ण समाज हो, किसान मजदूर, ग्रामीण क्षेत्रका जनताको मनोविज्ञानलाई बुझी कर्तव्य र जिम्मेवारीमा रहेर काम गर्न मेरो तपाईहरुलाई आग्रह छ ।”

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणाअघि बढाउन लागिएको जानकारी दिनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणपछि प्राकृतिक छटाले परिपूर्ण हाम्रा गाउँवस्ती, विद्यालय र ऐतिहासिक धरोहरका रुपमा रहेका सम्पदा सुन्दर देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणसगैँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणलाई नयाँ ढङ्गबाट अघि बढाउने कोशिस गरिएको छ ।” सो अवसरमा रानीपोखरी, जमल, रत्नपार्कक्षेत्रलाई अत्याधुनिक र रमणीयस्थलका रुपमा विकास गर्न अघि सारिएको सोचसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group