ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास प्रकरणबारे सत्तारुढ, प्रतिपक्ष र कानुनी जानकारहरुको फरक–फरक अभिव्यक्ति (भिडियोसहित)


एबीसी न्यूज
२६ माघ २०७६, आइतबार   २ : ५१   बजे

काठमाडौं, २६ माघ ।  सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नीतिगत निर्णयमा सहयोग पु¥याएको अभियोगमा हाईप्रोफाईलका तत्कालीन उपप्रधानमन्त्रीसहित १ सय ७५ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि देशभर तरंग उत्पन्न भईरहेको छ ।

ठूला माछा समाउने अख्तियारको यो कदम केही हदसम्म प्रशंसनीय भएपनि पक्षपाती र पूर्वाग्राही भएको भन्दै प्रतिपक्षी नेपाली का“ग्रेसले विरोध जनाईरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने यो जिम्मा अख्तियार दुरुपयोग अनुसन्धानको रहेका भन्दै यसलाई राजनीतिक कोणबाट नहेर्न बताईरहेको छ ।

अख्तियारले गत माघ २२ गते राज्यको सम्पत्ति व्यक्तिगत बनाएको अभियोगमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छेदार सहित हाईप्रोफाईलका तत्कालीन मन्त्री, सचिव, कर्मचारी लगायत १ सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । यो मुद्दाले अहिले देश नै तरंगित भईरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रतिपक्ष्ँ दल नेपाली का“ग्रेस, कानुन विज्ञ र बुद्धिजिवी वर्गमा अहिले यस विषयमा गम्भिर बहस भईरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको निर्णयको भागेदार सबै दलका प्रतिनिधीहरुले भोग्नुपर्ने विषयमा नेपाली का“ग्रेसले आफ्नो अडान राखिरहेको छ ।

अख्तियारको यो कदम पूर्वाग्राही र पक्ष्ँपाती भएको भन्दै का“ग्रेसले लगातार संसद अवरुद्ध पनि गरिरहेको छ । नेपाली का“ग्रेसका उपसभापति समेत रहेको विजयकुमार गच्छदारको बचाउमा का“ग्रेसले यस्तो खाले अभिव्यक्ति र क्रियाकलाप गरिरहेको आमबुझाई पनि एकातिर छ । यद्दपी, का“ग्रसले भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यकायले गरेको निर्णयमा प्रधानमन्त्री सर्वेसर्वा हुन्छ भने प्रधानमन्त्री कसरी दोषमुक्त हुन्छ ? भन्ने खरो प्रश्न तेर्सारहेको छ । विजयकुमार गच्छदार का“ग्रस भएकोले दोषी, माधव कुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई निर्दोष सावित गरिएको का“ग्रेसको आरोेप छ ।

लगातार २ दिनसम्मै नेपाली का“ग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले संसद अवरुद्ध नगर्न र यो काम व्यवस्थापिका हु“दै न्यापालिकाले गर्ने स्पष्ट समेत पार्नुपरेको थियो । देशमा लामो ईतिहास बोकेको जेठो पार्टी नेपाली का“ग्रेसले संवैधानिक प्रक्रियामा असर पु¥याउनु अस्वभनिय रहेको नेकपा नेता यज्ञराज सुनुवार बताउ“छन् । उनले सभामुख कृष्ण बहादुर महरा प्रकरण स्मरण गराउदै त्यतिबेला पनि नेकपाले संसद अवरुद्ध गरेको भए के हुन्थ्यो ? के त्यो उचित हुन्थ्यो भन्ने प्रश्न गरे । यसका साथै मन्त्री परिषद्को बैठकमा रहेका सबै नै दोषी बनाउने भन्ने पनि हु“दैन, यसका केही निश्चित दायित्व लिएकाहरुलाई न्यायलयले थप अनुसन्धान गर्ने र यसमा का“ग्रेसले पनि सहयोग गर्नुपर्ने उनको तर्क छ ।

त्यसो त भ्रष्ट्रचारमुक्त मुलुक र सुशासनका लागि ठूलो माछा पक्रने अख्तियारको यो कदमले जनमानसमा एक खाले सकारात्मक तरंग उत्पन्न पनि गराएको छ । पैसा र पदको दुरुपयोग गर्नेहरुलाई कानुनको कठघरामा उभाउन सफल भएको वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल बताउ“छन् ।

अख्तियारले गरेको यो कार्य भ्रष्ट्राचार नियन्त्रणका लागि स्वागतयोग्य छन् । राज्यको सम्पत्ति निसन्देह सदासर्वदा राज्यको न रहनुपर्दछ । यसमा पैसा र शक्तिको दुरुपयोग गरि राज्यको सम्पत्तिमाथी हालीमुहाली गर्ने कार्य अपराधजनक छ । अझै पनि दर्जनौं सरकारी जग्गा हिनामिना गर्नेहरु कानूनको कठघरामा आउन सकेका छैन । सुशासन र भ्रष्टाचारमुक्त देशका लागि यस कार्यमा सबै पक्षले न्यायलयलाई साथ दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu