ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकीकरणको अभावमा कृषि क्षेत्रको विकासमा अवरोध (भिडियोसहित)


एबीसी न्यूज
२६ माघ २०७६, आइतबार   २ : ५८   बजे

काठमाडौं, २६ माघ ।  सरकारले कृषि क्षेत्रलाई वैज्ञानिककरण तथा यान्त्रिकरण गर्न भन्दै अनेकै परियोजना ल्याएको छ । कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन भौगोलिक बनावट अनुसारको प्रविधिको तथा मेसीनरी समानको विकास गरिनुपर्छ । वर्षेनी अरंबौ रुपयांको मेसीनरी समान अयात गरेको छ सरकार तर वैज्ञानिककरण तथा यान्त्रिकरण अनुसन्धानको पाटो कमजोर हुदा जति लगानि गरेपनि उपलब्धिमूलक बन्न सकेको छैन ।

नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ । परम्परागत कृषि प्रणालीका कारण मुलुकमा कृषि क्षेत्र सोचेजस्तो प्रगतिको बाटोमा लम्किन सकिरहेको छैन । तराई क्षेत्रका यदाकदा स्थानमा खनजोतका लागि ट्याक्टर र सिचाइका लागि जेनेरेटरको प्रयोग गर्न शुरू गरे पनि व्यावसायिकरुपमा कृषिमा लाग्नेको संख्या अहिले पनि नगन्य मात्रामा छ । कृषिप्रधान देशको रुपमा चिनिदै आएको नेपालमा कृषकहरूले अहिले पनि चाहिए जति प्रविधिको अनुभव गर्न पाएका छैनन ।

कृषि कार्यालयमा केही पहुँच वाला किसानको पकट जमेको कारण बास्तविक किसानले राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुनुपरेको छ । प्रत्येक बर्ष नेपालमा करोडौको कृषि औजार आयात भएपनि त्यो वास्तविक किसानले पाउन सकेको छैनन् । कृषि व्यवसायीकरण र कृषकको सीप विकासका काममा वैज्ञानि पाटो नै कमजोर हुदा यस्तो समस्या आएको कृषि यान्त्रिकरण प्रवद्धन केन्द्रको भनाइ रहेको छ ।

आर्थिक समृद्धिका नारा जताततै गुञ्जिदा अधिकांश जनता कृषमा आश्रित रहेको अवस्थामा कृषिको यान्त्रिकरण र कृषकको सीप विकासका काममा सरकारले नै खासै ध्यान दिन सकेको छैन । आगामि बजेटमा सरकारले कृषि यान्त्रिकरणलाई विशेष जोड दिनुपर्ने नेपाल कृषि मेसनरी संघका अध्यक्ष स्वयबु कृष्ण श्रेष्ठ बताउछन् ।

नेपालमा हरेक साल नीति तथा कार्यक्रम निमार्ण गरिदा तथा सरकारले बजेट बिनियोजना गर्दा कृषिलाई उच्च प्राथमिकतामै राखेको छ । कृषिमा आधुनिकीकरण र सहुलियत ऋणको कुरालाई पनि त्यत्तिकै जोड दिएको देखिन्छ । सरकारले प्रधान मन्त्री कृषि आधुनिककरण परियोजना समेत ल्याएको छ यस परियोजनामा किसानलाइ ५० प्रतिशत उपकरण साम्रागी अनुदान दिने भने पनि कागजमा मात्र सिमित छ । कृषकलाईं दिने भनेको सेवा र सुविधा पनि कृषि क्षेत्रका बिचौलिया र नेताहरूको अगाडि पछाडि लाग्नेले मात्र उपभोग गरिरहेका गुनासो बढ्दो छ । तर बास्तविक कृषक भने बिऊ बीजन समेत किन्न नसक्ने अवस्था रहेका छन् । सरकारी परियोजनाका अगुवा भने किसानको घर अंगानमै पुग्ने दाबी गर्न छोडदैनन् ।

नेपालमा उत्पादित निर्यातयोग्य कृषिउपजहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पहुच बढाउन वैज्ञानिककरण तथा यान्त्रिकरणको अनुसन्धानको पाटो बलियो हुन आवश्यक छ । किसान लाई आकर्षित गर्न र कृषि पेसालाई बढी मर्यािदत बनाउनेतर्फ समय सापेक्षित कृषि लाई वैज्ञानिक तथा यान्त्रिकरण गर्न सबै सरोकारवालले ध्यान दिन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

सम्बन्धित

Weekend Lie-Ins Linked to Lower Hypertension Risk: New Study

Spanish PM Accuses Russia, Israel of Spreading Disinformation on Migrant Crisis

Xi Jinping Pledges Enhanced Strategic Alignment with Kyrgyzstan

Xi Jinping Envisions Stronger China-Russia Relations

Xi Jinping Pledges New ‘Golden Decade’ for China-Uzbekistan Relations

US Strikes Iranian Targets Over Alleged Rocket-Mine Deployment in Hormuz

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu