ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आईजीपी को ? आईजीपी खनाल भोलिदेखि अवकाशमा


एबीसी न्यूज
२७ माघ २०७६, सोमबार   ११ : १९   बजे

काठमाडौं, माघ २७ प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औंँ प्रहरी महानिरीक्षक बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । उहाँ मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् । बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।

खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।

आईजीपीमा तीन डीआईजी दाबेदार

खनालपछि महानिरीक्षकमा तीन प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरु दाबेदार छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि उनीहरुमध्ये को आईजीपी हुन्छ भन्ने टुंगो लागेको छैन । उनीहरूको ३० वर्षे सेवा अवधि आउँदो असारमा सकिंदैछ । तीनमध्ये पनि ज्ञवाली र लम्सालको नाम चर्चामा छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । सरकारले सोमबार या मंगलबारसम्म नयाँ महानिरीक्षकको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu