ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ संक्रमण दर भने स्थिर : कोरोनाका कारण एकै दिन ९७ जनाको मृत्यु


एबीसी न्यूज
२७ माघ २०७६, सोमबार   १२ : १५   बजे

काठमाडौं, २७  माघ । नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको भए पनि उपचारबाट निको हुनेहरु पनि बढ्दै गएको छन् ।

चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको हो ।

कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको छ।

तर चीनमा नोवेल कोरोनाका कारण नयाँ संक्रमित हुनेको संख्या भने स्थिर रहेको छ । चीनभर हालसम्म ४० हजार १७१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

संक्रमित तथा मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन् । हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहान शहर विगत केही हप्तादेखि बन्द रहेको छ ।

यसैबिच डब्लुएओले अन्तर्राष्ट्रिय विज्ञहरुको एक टोली चीन पठाएको छ । नोवेल कोरोना भाइरसको महामारीबारे अध्ययन गर्नका लागि आइतबार विज्ञहरुको टोली बेइजिङ गएको डब्लुएचओले उल्लेख गरेको हो ।

कोरोना भाइरसको संक्रमण सन् २००३ मा फैलिएको सार्स संक्रमण भन्दा भयानक बनेको छ । सार्सका कारण ७७४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu