ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रिज प्रयोगविहीन : प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य


admin
२७ माघ २०७६, सोमबार   १२ : ५८   बजे

काठमाडौं, २७  माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापनमा सहज हुने बताउनुभयो । बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने बताइएको छ । शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ ।
अस्पताल प्रमुख रमिता गौतमले शवगृह जीर्ण हुँदा प्रहरी र अस्पताल कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता रहँदै आएको बताउनुभयो । घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष राममणि पाण्डेले अस्पतालले शवगृह निर्माण गर्न बजेट माग गरेर निवेदन दिएमा बजेट उपलब्ध गराइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group