काठमाडौं, २७ माघ । कांग्रेसले सदनमा गरेको अपरोधप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रोष प्रकट गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित हुनुभएको मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको जिकिर गर्नुभयो । ,एउटा राजनीतिक मुद्दालाई लिएर दिनका दिन सदन अवरुद्ध गरेपछि कसरी बन्छ कानुन’ समितिमा समन्वयात्मक ढंगले खानेपानी, सडक र ढल निर्माणको काम गर्ने युटिलिटी करिडोरबारे ६ वटा मन्त्रालयसँग छलफल गरिएको हो। ‘एक दिन राजनीतिक मुद्दा उठाएर सदन अवरुद्ध गरे पनि अर्को दिन त खोलिदिनु न’,‘एउटा राजनीतिक मुद्दा उठाएर सदन अवरोध गरिरहने अनि कानुन खोजेर हुन्छ हामी कानुन ल्याउन तयार छौँ, तर सदन खोलेर सहयोग गर्नुपर्यो।’
संसदीय समितिमा युटिलिटी करिडोरबारे छलपल गर्न डाकिएको बैठकमा बोल्दै उहांले भन्नुभयो बैठकका क्रममा पहिले सदन खोले मात्रै कानुन निर्माण अघि बढ्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्