ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकारले बनाउने भयो मानवसेवा आश्रम ।


sharan sharan
२७ माघ २०७६, सोमबार   ९ : ४५   बजे

बुटवल, २७ माघ ।
बेसहारा, अशक्त, असाहय, अभिभावकविहिन सहयोगापेक्षी सडकआश्रित नागरिकलाई आश्रय दिने उद्देश्यले भवन निर्माणार्थ संचालन भईरहेको महायज्ञमा आएर प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कुनै संघ संस्था वा ब्यक्तिले होईन अव मानव सेवा आश्रम प्रदेश सरकारले निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
भवन निर्माणको सहयोगार्थ बुटवलमा आज सम्पन्न भएको श्रीमदभागवत ज्ञानबिज्ञान महायज्ञको समापन समारोहमा बोल्दै मन्त्री बरालले प्रदेश नम्बर ५ स्तरिय मानव सेवा आश्रम भवन बनाउन प्रदेश ५ सरकारले बजेट दिने घोषणा गर्नुभयो ।
उहांले भवन निर्माणका लागि लाग्ने सबै खर्च प्रदेश सरकारले दिने घोषणा गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्षमै भवन बनाउन २५ लाख रुपैयाँ विनियोजन गरेको र भवन निर्माणमा लाग्ने सबै खर्च सरकारले दिने जानकारी दिनुभयो ।
मन्त्री बरालले प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने सरकारको योजनामा मानव सेवा आश्रमसँग सहकार्य गर्ने बताउंदै ‘सरकारको योजना र मानव सेवा आश्रमको अभियान एउटै भएको बताउनु भयो ।
मानव सेवा आश्रमले बुटवलमा चार तले भवन बनाउने योजनाकासाथ सुरु गरेको महायज्ञ आज समापन गरिएको छ । अपाङ्गतामैत्री र लिफ्टसहितको कम्तीमा ५० कोठाको चार तले भवन बनाउन एघार करोड रुपैयाँ बजेट लाग्ने आश्रमले अनुमान गरेको छ । २० गतेबाट सञ्चालन भएको महायज्ञबाट करिब चार करोड रुपैयाँ संकलन भएको आयोजक मानव सेवा आश्रम रुपन्देहीले जनाएको छ । महायज्ञमा बुटवल उपमहानगरपालिकाले ३१ लाख, तिलोत्तमा नगरपालिकाबाट १५ लाख सहित रुपन्देहीका अन्य नगरपालिकाहरुले समेत रकम प्रदान गरेका थिए । महायज्ञबाट ३ करोड ६८ लाख रुपैयाँ संकलन भएको महायज्ञका संयोजक लोकनाथ भुसालले बताए । महायज्ञमा मानव सेवा आश्रमका सदभावना दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिती रहेको थियो ।
महायज्ञ समापनका अवसरमा प्रदेश सभा सांसद भोजप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्य,आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन लगायतले मानवीय सेवाका लागि आयोजित महायज्ञमा लक्ष्य अनुसार सफल भएको बताएका थिए । महायज्ञको आम्दानी खर्च अर्कोहप्ता सार्वजानीक गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu