ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान र लोकतन्त्र कमजोर बनाइए प्रतिकार गर्ने कांग्रेसको चेतावनी


admin
२८ माघ २०७६, मंगलबार   ३ : १२   बजे

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो “लोकतन्त्रलाई कमजोर गराउने गरि यदि कसैले काम कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन । यही संसदबाट विरोधका गतिविधिलाई गरेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछ । कुनैपनि संबैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नुहुदैन,निर्णय गर्नुहुदैन । सरकारको छाया बन्नु हुदैन । यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुदै जान्छ र त्यहा जनताको अधिकार सुनिश्चित हुदैन ।”

संविधान अनुसार गठन भएको संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक पुर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारमाथि भेदभावपुर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको र सो को पुष्टि सरकार आफैले गरेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “आयोगले अधिकार क्षेत्र भन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर पुर्वाग्रहपुर्ण ढंगले , राजनीतिक पुर्वाग्रह साँधेर मुद्धा दायर गरेको कुरा आरोप पत्रको व्यवहोरा पढ्दा स्पष्ट भएको थियो । अख्तियारले राजनीतिक पुर्वाग्रहमा परेर सरकारको छायामा परि आरोप पत्र दायर गरेको कुराको पुष्टी स्वयम नेपाल सरकारले गर्यो । नेपाल सरकारको प्रवक्ता तथा सूचनामन्त्रीले भन्नुभयो । यो सरकारको ठूलो उपलब्धि हो भनेर । सरकारले अख्तियारको काम माथि फेरी धावा बोल्यो । यदि सरकारको उपलब्धि हो भने संविधानमा यस्ता संंबैधानिक अंगको परिकल्पना किन गरियो ? ”

अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उहाँले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसंग जवाफ माग गर्नुभयो ।“सरकारले यस्तो अभिव्यक्ति किन दिएको हो भन्ने कुरा पनि सदनले जानकारी माग्छ चाहन्छ ।” उहाँले भन्नुभयो “संबैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावमा आएर यति त्यस्ता निर्णयहरु गर्छन् भने हामी प्रतिपक्षी दलहरु त्यस्ता कामलाई नजिकबाट नियालेर बसेको छ । ”उहाँले संविधानवाद्, लोकतान्त्रिक मुल्य मान्यता विपरित राजनैतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्धन्द्धको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउदै संसद अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group