ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी सीआपी अवार्डबाट सम्मानीत (भिडियोसहित)


एबीसी न्यूज
२९ माघ २०७६, बुधबार   १२ : ५८   बजे

काठमाडौ, २९ माघ । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व सीआईपी सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यवसायीलाई सम्मान गरेका हुन् ।

सरकारले निजि क्षेत्रबाट देशको अर्थतन्त्रमा सहयोग पु¥याउने विभिन्न १३ विधामा २५ जना ब्यवसायीलाई महत्वपुर्ण व्यवासायीक व्यक्तित्वलाई सम्मान गरेको हो । व्यापार तथा निकासी प्रबर्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका उद्योगी व्यवसायीहरुलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले सीआईपी सम्मान प्रदान गरेका छन् । सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवनकुमार गोल्यान र सीजी बायोटिक प्रालिका अध्यक्ष निर्वाणकुमार चौधरी लगायतका रहेका छन् । त्यसैगरी सीआईपी सम्मान पाउने अन्य उद्योगी व्यवसायीहरुमा रामचन्द्र संघई, दोर्जे ग्लासेम लामा, राहुलमान शाक्य, सूर्यकुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गोपीप्रसाद कडेल, सुजनकुमार श्रेष्ठ, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, सुर्यराज ढकाल, सुनिता शेर्पा र अक्षय गोल्याङ रहेका छन् । अर्वाड बितरण समारोहलाई सम्मोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरुलाई शुसासन, स्वच्छता र व्यवसायमा पारर्दशी बन्न आग्रह गरे । ओलीले देशको बिकासले गति लिंदै गइरहेको भन्दै उद्योगी व्यवसायीलाई उत्पादकत्व बृद्धिको साथै रोजगारी सृजना, आयात प्रतिस्थापन, नियार्त वृद्धि गर्न निजि क्षेत्र लाग्नुपर्ने बताए । ओलीले सरकार सधै व्यवसायीको साथमा रहेको बताए ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले निजी क्षेत्र राज्यको धरोहर र गहना भएकोले राज्यले सधै सम्मान गर्ने बताए । राज्यमन्त्री दुगडले देशको सृमृद्धिसंग निजि क्षेत्र जोडिएको भन्दै सरकारले निजि क्षेत्रमा समस्यालाई समान गर्ने प्रतिवद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले प्रदान गरेको सीआईपी सम्मानले निजि क्षेत्राका व्यवसायीलाई उर्जा प्रदान गरेको बताइन । अध्यक्ष राणाले निजी क्षेत्रले निर्यातलाई प्रवद्र्धन गर्नुको साथै उद्योग धन्दा खोल्न र रोजगार सृजनागर्ने तर्फ अघि बढिरहेको जिकिर गरिन ।

सीआईपी सम्मान प्राप्त गर्ने २५ जना व्यत्तिहरुले देशको अर्थतन्त्रमा कूल ३ खर्ब १८ अर्ब ६२ करोड ५६ लाख रुपैया योगदान गरेका छन् । यस्तै, सम्मानित हुने व्यवसायीहरुलाई त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्जको साथै देश विदेशमा हुने मेला सहभागिता, निजि क्षेत्रसंग हुुने महत्वपुर्ण अन्तक्रिया कार्यक्रममा समेत अनिवार्य सहभागिता गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu