ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन हुन्छ ‘हाइप्रोफाइल’ हत्यामा घरेलु कामदारहरुको संलग्नता ? कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज
२९ माघ २०७६, बुधबार   १ : ०४   बजे

काठमाडौ, २९ माघ । एकपछि अर्को गर्दै ‘हाइप्रोफाइल’ हत्यामा घरेलु कामदारहरुको संलग्नता हुन थालेपछि घरवाला र कामदारबीचको अवस्था, सम्बन्ध र त्यसले निम्त्याउने परिणामको बारेमा सर्वत्र चासो र चिन्ता व्यक्त गरिन थालेको छ । खासगरी कामदारसँग गरेका प्रतिवद्धता पुरा नगर्नु, लवाइ खुवाइमा विभेद गर्नु र अपमान गर्नुले कामदारप्रति विद्रोही भाव जाग्ने गरेकोले यस्ता घटना घटने गरेको सामाजिक अभियन्ता बताउँछन् ।

सोमबार ललितपुरको सानेपास्थित घरमा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घरेलु कामदारबाट हत्या भएपछि काठमाडौँमा रहेका हाइप्रोफाइलहरु जसले घरेलु कामदार राखीरहेका छन् उनीहरु पनि सशंकित बनेका छन् । एक वर्षको विचमा तिनओटा हाइप्रोफाइल हत्या आफ्नै घरेलु कामदारबाट भएपछि घरेलु कामदारको मनोसामाजिक अवस्था र मालिक परिवार र कामदारविचको सम्बन्धको अवस्थाको बारेमा सर्वत्र चासो र चिन्ता बढेको छ ।

खासगरी सरकारी सेवाका पूर्व विशिष्ट तथा विशिष्ट व्यक्तिहरु, आर्थिक रुपले सम्पन्न तथा उच्च मध्यम वर्गका व्यक्तिले आफ्नो घरमा विभिन्न काममा सघाउन घरेलु कामदारहरु राखेको पाइन्छ । छोराछोरी अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पठाउने र आफ्नो निवृत्त जीवन घरमै व्यतित गरिरहँदा घरायसी कामको घरेलु कामदारहरु राखिने गरेका छन् । तर तिनै घरेलु कामदार र घर मालिकविच असमझदारी, असन्तुष्टि बढ्दा हत्यासम्मको घटना हुने गरेका छन् ।

उदाहरणका लागि, सोमबार मात्रै पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घरायसी कामदार विजय चौधरीबाट हत्या भयो । फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको उनकै कामदार सानुकान्छा तामाङको संलग्नता २०७५ भदौ ४ गते बबरमहलस्थित निवासमा हत्या भयो । बुढानीलकण्ठ निवासी पार्वती ढकालको पूर्वकामदार सुदामा लामिछानेको संलग्नतामा २०७४ साउन १२ गते हत्या भयो । सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस ई. ग्याफ्नेको २०५४ मंसिर २८ गते भएको हत्याको १८ वर्षपछि २०७२ वैशाखमा उनकै घरेलु कामदारलाई पक्राउ गर्यो । यी प्रतिनिधी घटनाहरुले हाइप्रोफाइल र घरेलु कामदारको अवस्था र सम्बन्धको बारेमा गम्भिर प्रश्न उठाएका छन् । प्रतिवद्धता अनुसारको पारिश्रमिक र सेवा सुविधा नदिनु, अपमान गर्नु लगायतका कारणले घरेलु कामदारबाट अपराध हुने गरेको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल बताउँछन् ।

पारिवारिक असहजतालाई व्यवस्थापन गर्न विशिष्ट व्यक्तिहरुलाई घरमा कामदार राख्नैपर्ने आवश्यकता होला । चरम गरिबीका कारण कामदारलाई पनि अर्काको घरमा कामदारको रुपमा बस्नैपर्ने अवस्था छ । तर काम र ज्यालाको तालमेल नहुँदा असन्तुष्टिको चरम सिमामा पुग्दा हत्यासम्मको स्थितिमा पुगेको देखिन्छ । मालिक परिवारबाट कामदारलाई अपहेलना, तिरस्कार र भेदभाव गर्नु । शोषण गर्नु र आफ्ना छोराछोरीजस्तो नठानी दोस्रो दर्जाको ठान्नु मालिकहरुको समस्या रहेको छ । यस्ता प्रकारका हिंसामा कामदारहरु परिरहेका छन् ।

सानै उमेरमा कामदारको रुपमा ल्याइएका बालबालिकाहरु ठुलो बन्दै जान्छन् । र उनीहरुले आफ्नो बढ्दो उमेर अनुसारको व्यवहार खोज्दछन् तर त्यस प्रकारको व्यवहार घरवालाहरुले नदिँदा उनीहरुमा स्वभाविक रुपमा विद्रोहको भाव जाग्छ । यो स्वाभाविक मनोवैज्ञानिक कुरा हो । यौन हिंसा पनि हुने गरेको छ । त्यसले पनि घरेलु कामदार र घरवालाविचको सम्बन्धमा दरार आउने गरेको छ । कामदारले यस्तो शोषण र दमन सहनुपर्दा उनीहरु हिंस्रक बाटो रोज्ने गरेको महिला तथा कामदार वालवालिकाको अधिकारलगायतका क्षेत्रमा काम गर्ने संस्था सिविस नेपालका अध्यक्ष शान्ती अधिकारी बताउँछिन् ।

कामदारको मानसिक अवस्था र मध्यपान विभिन्न प्रकारका लागु औषधका कारण पनि त्यसप्रकारका घटना हुने गरेको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल बताउँछन् । घर मालिकहरुले उनीहरुसँग गरेको प्रतिवद्धता पुरा गर्दै लालनपालन, शिक्षा, दिक्षामा सहयोग गरे र पारिवारिक वातावरण दिए त्यस्तो घटना नघट्ने उनको भनाई छ ।

आर्थिक अवस्थाका कारण कोही व्यक्ति कसैको घरमा रोजगारीमा बसेको होला , कसैलाई घरेलु काममा सहयोगी राख्नै पर्ने वाध्यता पनि होला । तर यसको अर्थ मालिक र कामदारको रुपमा विभेद गरेर उसको आत्मसम्मानमा ठेस लगाउनु हुँदैन । साथै जुन सेवा सर्त र प्रतिवद्धता गरेर कामदार राखिएको हो ती प्रतिवद्धताका साथै उसको उचित लालनपालन एवं शिक्षाको व्यवस्था घरवालाले पनि पुरा गरिदिनुपर्छ । विभेद र तिरस्कार गरे यस्ता घटना दोहोरिन सक्छन् भन्नेमा सबै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu