ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक


admin
२९ माघ २०७६, बुधबार   १ : ०९   बजे

काठमाडौ, २९ माघ । प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् । दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।

“सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो, यहाँको तातोपानीले मलाई जापान फर्किनबाट रोक्यो”, आवामुराले भन्नुभयो । परियोजनाको काम सकेपछि फर्किने तयारीमा रहेका आवामुराले तातोपानीमा उपचार गराइरहेका बिरामीले निको भएको बताएपछि यहाँका तातोपानी कुण्डहरुलाई जापानीमाझ चिनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरी श्रीमती पनि पत्रकार हुन्, यस कार्यमा उनले पनि मलाई सघाइरहेकी छन् ।”म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेको आवामुराले बताउनुभयो । “म्याग्दी तातोपानीका कुण्डैकुण्ड भएको सुन्दर जिल्ला हो, प्राकृतिकरूपमा नुनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासमा छु”, उहाँले भन्नुभयो ।

कृत्रिम तातोपानीमा नुहाउनेहरूलाई पहाडबाट निस्किएको प्राकृतिक तातोपानीले आकर्षित गर्ने उहाँको भनाइ थियो । तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारीलगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने बताउनुभयो । “तातोपानी कुण्ड पर्यटकलाई हिराजस्तै हो, पूर्वाधार र राम्रो होटल बनाउनुपर्छ”, आवामुराले भन्नुभयो । उहाँले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहनुभएको छ । जिल्लाभर धेरै तातोपानीको मुहान भए पनि आठ ओटाको प्रचारप्रसार साम्रगी बनाइरहेको उहाँले बताउनुभयो ।

बेनी नगरपालिका–४ सिङ्गा र धवलागिरि गाउँपालिका–४ मुदीको बगरको तातोपानीले आफूलाई आकर्षित गरेको उहाँको भनाइ थियो । सिङ्गा तातोपानी बिरामीको उपचार र बगरको पर्यटकलाई केन्द्रित गर्न सकिने भए पनि जिल्लाभित्रका आठ स्थानमा रहेको कुण्डमा पूर्वाधारको कमी महसुस गरेको उहाँले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा एशियाली मुलुक हँुदै विश्वभर तातोपानी कुण्डको सन्देश पु¥याउने आफ्नो चाहना रहेको बताउनुभयो ।

हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने सन्देशले विदेशीलाई लामो समयसम्म स्नान गर्न आउन सहज हुने उहाँको भनाइ थियो । “हिमालको काखमा तातोपानी कुण्ड विश्वभरका पर्यटकलाई नौलो हो, यहाँ हिरालाई पनि ढुङ्गाभन्दा कम महत्व दिइएको जस्तै लाग्छ”, उहाँले भन्नुभयो । आफ्नो अध्ययन तथा भ्रमणले जापानी साथीहरू घुम्न आउने योजना बनाइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu