ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ (फोटोफिचर)


admin
२९ माघ २०७६, बुधबार   १ : ५१   बजे

काठमाडौ, २९ माघ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएको चर्चा गर्नुभयो ।

तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।अन्तर्राष्ट्रिय क्षेत्रीय आतंकवाद र संगठित अपराध रोक्न कतारी प्रहरीसँग सम्झौता, विदेश फरार रहेका नेपाली अपराधीलाई ईन्टरपोलको सहायतामा फिर्ता ल्याएको उल्लेख गर्दै उहाँले नेपालको शान्ति सुरक्षाको स्थिति मजबुत हुँदै गएको एक स्वतन्त्र अध्ययन प्रतिवेदनले देखाएको बताउनुभयो ।

नेपालमा आयोजना भएका अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उँचो बनाएको उहाँले उल्लेख गर्नुभयो । संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतिको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफूले काम गरेको उहाँले बताउनुभयो । अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रहरी संगठनलाई थप नयाँ उचाई दिनुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा देखिएका बाह्य तथा आन्तरिक चुनौतिहरुलाई चिर्दै जानुपर्ने सुझाव दिंदै प्रहरी महानिरीक्षक खनालले संगठनको यश वृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीकोतर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खनालको व्यावसायिक इमानदारिता, निर्भिकता, नेतृत्व क्षमता र सादा जीवनबारे प्रहरी कर्मचारीहरु स्पष्ट रहेको उल्लेख गर्दै उहाँले प्रहरीको व्यावसायिक जीवनमा उहाँको कार्यशैली र निष्ठा अनुकरणीय रहेको चर्चा गर्नुभयो ।संगठनमा बहाल रहँदा र सेवानिवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको चासोको विषय हुने भएकाले संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहेको बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा सुरु भएको समुदाय(प्रहरी साझेदारी कार्यक्रम ज्यादै प्रभावकारी रहेको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group