काठमाडौँ, १ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी भइ विभिन्न पदक हासिल गर्नुहुने वाग्मती प्रदेशभित्रका १६३ खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार सन्देश प्रकाशित गर्दै उहाँले देशलाई संसारभर चिनाउन सफल खेलाडीप्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा सहभागी मध्ये यस प्रदेशका खेलाडीले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक हासिल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्