ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको छ–मन्त्री बाँस्कोटा


एबीसी न्यूज
२ फाल्गुन २०७६, शुक्रबार   १० : २४   बजे


काठमाडौं, २ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा सफल भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको भन्दै यस अवधिमा कुनै पनि नराम्रो काम नभएको स्पष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयमा विहिवारआयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो,“सरकारले एउटा पनि नराम्रो काम गरेको छैन । जति काम भएका छन् ती सबै राम्रा छन् ।”

उहाँले वर्तमान सरकारले विगतमा मुर्छित् अवस्थामा रहेका सपना बिउँझाएको र यथार्थतामा परिणत गरेको बताउनुभयो । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित् सपना ब्यूउझाउँदै यथार्थतामा परिणत गरेको र कार्यान्वयनमा लगेको समेत उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो,“वर्तमान सरकार गठन भएपछि मुर्छित् सपना ब्यूँझिएका मात्रै छैनन् जीवन्त पनि बनेका छन ।”

सरकारको काम कारवाहीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने र आम जनतालाई जानकारी दिने मन्त्री बाँस्कोटाको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता बाँस्कोटाले विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको तथ्याङ्क नै सुनाउनुभयो ।

वर्तमान सरकार गठन भएपछि विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्पको नजितासमेत देखिन थालेको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले जनताको जीवनस्तरमा सुधार आएको भए पनि सरकारले सोचे जस्तो नभएको बताउनुभयो ।

अन्तरराष्ट्रिय एक संस्थाले गरेको अध्ययनमा नेपालको ‘डेमोक्रेसी इन्डेक्स’मा समेत सुधार आएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“त्यो सुधारले अधिनायकवादको हौवाले समेत हावा खाएको छ ।”

उहाँले जयनगर–कुर्था खण्डमा रेल केही समयभित्रै गुड्ने, पूर्व–पश्चिम रेलमार्ग, काठमाडौँ–केरुङ रेलमार्गलगायतका रेलमार्गको प्रारम्भिक अध्ययान सकिएको समेत जानकारी दिनुभयो । अध्ययन पूरा भएका आयोजना निकट भविष्यमा नै शुरु हुने उहाँको भनाइ छ ।
पानी जहाजको कार्यालय खोलिएको, सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम शुरु हुन लागेको उल्लेख गर्दै उहाँले तीन हजार किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको बताउनुभयो । दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको जानकारी दिँदै उहाँले नेपालको आर्थिक अवस्थामा त्यसले परिवर्तन ल्याउने बताउनुभयो ।

‘ब्रोड ब्याण्ड कनेक्टिभिटी’मा समेत ठूलो सुधार भएको जानकारी दिँदै उहाँले ‘साइबर सेक्युरिटी’मा काम भएको, ‘डिजिटल इकोनोमी’तर्फ जान लागिएको, ‘सेक्युरिटी प्रिन्टिङ’को कामसमेत अगाडि बढ्न लागेको तथा ‘क्लिन फिड’ कार्यान्वयन गराउन लागिएको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधन, डाबोसमा नेपालले जनाएको उच्चस्तरीय प्रतिनिधित्व तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा गरेको सम्बन्ध सुधारलगायतका काममा सरकार सफल भएको मन्त्री बाँस्कोटाको भनाइ छ । प्रधानमन्त्री ओलीलाई ‘अन्तरराष्ट्रिय भिजनरी लिडर अवार्ड’ दिएर सम्मान गरेको जानकारी दिँदै उहाँले भन्नुभयो “अन्तरराष्ट्रिय समुदायले त्यो भिजनरी लिडर अवार्ड त्यत्तिकै दिएको हो र रु” मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पाउनुभएको सो अवार्ड नेपालका प्रधानमन्त्रीले पाउनु गौरवको विषय भएको उहाँको भनाइ छ ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै कालापानी, लिम्पियाधुराको विषयमा समेत दह्रो अडान राखेको बताउनुभयो । नेपालको सार्वभौमसत्ताको रक्षाका विषयमा समेत महत्वपूर्ण काम भएको भन्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटक नेपाल भ्रमण भएको, बिमेस्टेक सम्मेलन आयोजना गरिएको र सगरमाथा संवादसमेत गर्न लागेको समेत उल्लेख गर्नुभयो । उहाँले नेपालको आफ्नो भूउपग्रह राख्ने विषयमा लाओससँग सहमति भएको समेत जानकारी दिनुभयो ।

फरक एक प्रसङ्गमा मन्त्री बाँस्कोटाले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सन्दर्भमा सरकारले तत्काल कुनै सोच नबनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group