काठमाण्डौं, ८ मंसिर । युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५–१ ले हराएको छ ।
पहिलो हाफ १–० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औं मिनेटमा भएको थियो । अटलान्टाका लागि खेलको १२ औं मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा ब्रायनले नै गोल गर्दै अटलान्टाको अग्रता दोब्बर पारेका थिए । ७१ औं मिनेटमा इभर्टनका लागि रामिरेजले गोल गर्दै अग्रता कम गरे । अटलान्टाका लागि ८६ औं मिनेटमा गोसेन्स, ८८ औं मिनेटमा र इन्जुरी समयमा क्रोर्ने्लिअसले गोल गर्दै ५–१ को जित दिलाए । समूह ‘इ’ मा रहेको इभर्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । इभर्टनले पा“च खेलमा एउटा पनि जित्न सकेको छैन । एक खेल बराबरी खेलेका कारण एक अंक बनाएको छ । समूह ‘इ’ कै शीर्षमा रहेको अटलान्टाले भने कुनै पनि खेल हारेको छैन । तीन खेलमा जित र दुई खेलमा बराबरी गरेर ११ अंक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्