ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाली भूभाग नै फिर्ता ल्याउने तयारी छ भने नयाँ नक्सा छाप्न के भयो र ?’


admin
३ फाल्गुन २०७६, शनिबार   ३ : १८   बजे

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताउनुभएको छ ।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ दिँदै उहाँले पश्चिम नेपालका कालिनदीको मुहान, लिम्पियाधुरा र लिपुलेक क्षेत्र तथ्य प्रमाणले नेपालका भूभाग भएको बताउनुभयो । भारतसँगको सीमा विवाद समाधानका लागि के काम भइरहेको छ भन्ने सांसदको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतसँग वार्ता गर्ने विषय एकपक्षीय भन्ने कुरा होइन । हामी मुलुकको भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ ।”

संविधान संशोधनका सम्बन्धमा सोधिएको प्रश्नको जवाफका सम्बन्धमा उहाँले उपयुक्त समयमा र औचित्यका आधारमा संविधान संशोधन हुन्छ भन्नुभयो । “संविधान मानेर नै हामी सबै यहाँ आएका छाँै । संविधान असंशोधनीय होइन । संविधानको संशोधन र स्वीकार्यता फरक फरक कुरा हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अदालतमा भएका विचाराधिन मुद्दाका सम्बन्धमा स्वतन्त्र न्यायापालिकाले न्याय निरुपण गर्ने भन्दै सरकारले यसमा हस्तक्षेप गर्न सक्दैन र त्यस्तो दृष्टिकोण पनि राख्दैन भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वैदेशिक लगानी ल्याएर पनि देश विकास गर्ने हो, यसमा कसले सहयोग ग¥यो को खुशी हुने भन्ने प्रश्नको अर्थ छैन भन्नुभयो । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नभएको भन्ने प्रश्नको जवाफमा उहाँले अहिलेका प्रमुख दलले सङ्घर्ष गरेर नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुभयो । साथै उहाँले बराबरीको अवस्थामा महिला सहभागिता पु¥याउने र त्यसका लागि प्रक्रिया थालनी हुन्छ भन्नुभयो ।

सरकार उद्यमीका पक्षमा रहेको र उद्यमीका विरुद्धमा जान नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ भन्नुभयो । सरकारले गोकर्ण रिर्सोटको जग्गा स्वतन्त्र ढङ्गले मूल्याङ्कन गरेर नै लिजमा दिएको अवगत गराउँदै उहाँले अतिक्रमण गरिएका सार्वजनिक जग्गा र अनियमितरुपमा लिज दिइएका जग्गाको छानबिन हुने स्पष्ट पार्नुभयो ।सांसदको प्रश्नमा प्रधानमन्त्री ओलीले चीनबाट कोरोना भाइरस प्रभावित नभएका नेपाली मात्र स्वदेश ल्याइने बताउँदै उहाँले त्यस्ता व्यक्तिलाई बिरामी भए/नभएको शङ्काका बारेमा निश्चित हुनका लागि केही दिन अलग्गै स्थानमा सुरक्षितरुपमा राखिने बताउँदै यसमा कसैले पनि चिन्ता लिनु नपर्ने धारणा व्यक्त गर्नुभयो । एमसिसीका सम्बन्धमा सोधिएको प्रश्नबारे उहाँले अनुमोदनका दागि संसदमा पेश गरेको र सभामुखले निणर्याथ पेश गर्ने वित्तिकै अनुमोदन हुने बताउनुभयो ।

यसैगरी मुलुकमै रोजगारी सिर्जना भई १९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले एनसेललाई दिइएको छुट अदालतको फैसला कार्यान्वयन मात्र गरेको हो भन्नुभयो । सांसदको प्रश्नमा उहाँले कर्णालीमा चीनको बाटो प्रयोग गरेर पनि खाद्यान्न पु¥याइएको बताउँदै नेपालमा कोही भोकले नमर्ने स्पष्ट पार्नुभयो ।

मानवअधिकार आयोग विधेयकका सम्बन्धमा प्रधानमन्त्री ओलीले त्यसमा छलफल गर्न सरकार खुल्ला रहेको र कुनै भावनाको पछि बग्ने पक्षमा सरकार नरहेको बताउनुभयो । महँगी बढेको भन्ने सांसदको प्रश्नको जवाफमा उहाँले पहिलेको तुलनामा तीन प्रतिशत कम मूल्यवृद्धि भएको तथ्य अवगत गराउनुभयो । संविधानले सबै नागरिकलाई नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था गरेको र सोहीअनुसार नागरिकता पाउने बताउनुभयो । तुइन विस्थापनका सम्बन्धमा प्रधानमन्त्री ओलीले पहिला मुग्लिङको बाटो हिड्दा बाटोभरी माछाको जालो जस्तो तुइन नै तुइन देखिने गरेकामा अहिले केही ठाउँमा बाहेक तुइन छैन भन्नुभयो । बाँकी पनि छिटै हटने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group