ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरस्कृतलाई नै थाहा छैन पुरस्कार कुन अवसरमा पाईयो : प्रदेश ५ स्थापना दिवस


sharan sharan
३ फाल्गुन २०७६, शनिबार   ५ : ०६   बजे

बुटवल, ३ फागुन
प्रदेश ५ सरकारको दोस्रो स्थापना दिवसका अवसरमा पुरस्कृत ब्यक्तिले नै कुन सन्दर्भमा आफु पुरस्कृत भएको हो भन्ने थाहा पाउन सकेनन् । बिशेष कार्यक्रमका साथ प्रदेश सरकारे प्रदेश स्थापना दिवस मनाएपनि समारोहमा उपस्थित कतिपयलाई के को कार्यक्रम हुंदैछ भन्ने कुरा थाहा नभएको पाईएको छ ।
प्रदेश ५ सरकारले आज प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सव भब्यरुपमा मनाएको छ । बाजागाजा सहित प्रदेशको अस्थायी राजधानी बुटवलको राजमार्ग चौराहाबाट निस्केको ¥याली झण्डै ४ किलोमिटर पार गरेर बुटवल बहुमुखी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । मिनी नेपालको संज्ञा दिंदै आएको प्रदेश सरकारले प्रदेशको स्थाना दिवस पनि मिनी नेपालकै शैलीमा मनाएको छ । ¥यालीमा बिभिन्न जाती, समुदाय र भेषभुषामा सजिएका नागरिकहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । नगरपालिकाको झांकी सहित आएको तिलोत्तमा नगरपालिकाको झांकीमा नगर प्रमुख बासुदेव घिमीरेको नृत्यले सबैको ध्यान खिचेको थियो । तर ¥याली मा उपस्थित हुने कतिपयहरुलाई भने ¥याली के का अवसरमा निकालिएको भन्ने नै थाहा थिएन ।
प्रदेश स्थानाकै अवसर पारेर प्रदेश सरकारले ३५ जना बिभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुलाई प्रदेश पदकले शुशोभित गर्नुका साथै बिभिन्न क्षेत्रका नागरिकहरुलाई पुरस्कृत समेत गरेको थियो । क्रीकेटका अन्तरराष्ट्रिय खेलाडी सन्जु चौधरी सहित धेरै खेलाडी स्थापना दिवसका अवसरमा पुरस्कृत भएका थिए । पुरस्कार लिए लगत्तै के को अवसरमा पुरस्कार पाउनु भयो भनेर प्रश्न सोध्दा चौधरीले दिएको थाहा छैन भन्ने उत्तरले स्थापना दिवसकै कद घटाईदिएको छ ।
त्यसो त पदक बितरणमा जनयुद्धमा परिवार गुमाएका देखि साहित्यमा योगदान पु¥याएका, सफल ब्यवसायी देखि परम्परागत कृषि उद्देमी सम्मका ब्यक्तित्व प्रदेश पदकबाट शुशोभित भएका थिए । २ छोरा जनयुद्धमा गुमाएका नेपाल कम्युनिष्ट पार्टी नेकपा बांकेका नेता अशोक रोकाया संकल्पले पदक प्राप्त गर्दा हिजो जुनयुद्ध लड्दा देखेका सपना साकार हुन थालेको अनुभुति भएको बताउंछन् ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले ७ वटा प्रदेशसमा बजेट परिचालनका हिसावले प्रदेश नम्बर ५ अग्र स्थानमा रहेको दोहो¥याए । उनले ४ महिनामा १८ प्रतिशत बिकास खर्च भएको दाबी गर्दै यो रफ्तारलाई कम आंकलन गर्न नहुने बताए ।
सरकारले गति लिन नसकेको टिप्पणी आउने गरेको प्रति मुख्यमन्त्री पोखरेलको असन्तुष्टी उनको सम्बोधनमा झल्केको थियो ।
सभा सुरुहुनु अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । प्रदेश स्थापनाको २ वर्षमा घोषित लक्ष्य हासिल गर्न प्रदेश सरकार सफल भएको मुख्यमन्त्रीको दाबी थियो । आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य उपलब्धी गरेपनि प्रदेशको नाम र प्रदेशको स्थायी राजधानी तोक्न नसक्दा सरकारको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group