ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवरात्रिमा पशुपति दर्शन गर्न यी पाँच ठाउँमा लाइन : यस्तो छ तयारी


एबीसी न्यूज
८ फाल्गुन २०७६, बिहिबार   १० : ०७   बजे

काठमाडौं, ८ फागुन ।   यस वर्षको शिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगारेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाइन गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फ पनि आवश्यकताअनुसार एक लाइनको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअघि नै भुवनेश्वरीको फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ त्यही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

शिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा एक सय ११ सदस्यीय मूल समिति –२०७६ गठन गरिएको छ ।

यस वर्ष शिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो । यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ । सादा पोसाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापाले बताउनुभयो ।

पशुपतिमा पाँच हजार स्वयंसेवक

नेपाल स्काउट समेत गरी झण्डै पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ । दर्शन गर्ने लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिरमात्र स्वयंसेवक परिचालित हुनेछन् । पशुपतिनाथको मन्दिर नजिक हुने गरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र शैय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् । त्यसैगरी एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाइएको छ ।

कोषका सफाइ कर्मचारीबाट गरिने नियमित सरसफाइका अतिरिक्त सेना, प्रहरी, सशस्त्र प्रहरी, पालिका र स्थानीय स्वयंसेवी संस्थाको सहभागितामा एक हप्ता अघिदेखि विशेष सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

चार ठाउँमा जुत्ता चप्पल

दर्शन लाइनलाई पायक पारेर कैलाशमुनि रूद्रगारेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक, बज्रघर दक्षिण तर्फ, राममन्दिर नजिक ९बागमती पारि० गरी चार ठाउँमा जुत्ता चप्पल कक्षको व्यवस्था गरिने छ । दर्शन सकेर बाहिर निस्कने स्थान नजिक मुख्य क्षेत्रभित्र सानो सदावर्त सत्तलअगाडि र बाहिरी क्षेत्रमा उमाकुण्ड, मित्रपार्क, तिलगङ्गा, गौशालामा गरी पाँच ठाउँमा चन्दन वितरणको व्यवस्था मिलाइने छ ।
मन्दिर प्राङ्गणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै निगरानी र नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने सदस्य सचिव ढकालले बताउनुभयो ।

हंशमण्डप, वनकालीको खुला ठाउँ, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकेर झण्डै सय वटा सङ्घ संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था गर्ने जनाइएको छ । साधुसन्तका लागि निःशुल्क भोजन, पानी, चिया र बसोवास समेतको व्यवस्था छ । चिसोबाट बच्नका लागि धुनीको व्यवस्था पनि मिलाइएको छ ।

शिवरात्रि पर्वको पर्सीपल्ट प्रतिपदाका दिन बाटो खर्चसहित साधुसन्तका लागि बिदाइको समेत व्यवस्था कोषले गर्नेछ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापन

तिलगङ्गा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्तरट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । एअरपोर्ट, गौशाला, चावहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी आधा सडकमा मात्र सवारी गुड्न दिने वा डाइभर्सन गरी सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

हंशमण्डप वनकालीमा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारद्वारा धार्मिक गतिविधिसहित भक्तिसङ्गीत प्रस्तुति रहनेछ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको मन्दिर परिसर र मुख्य क्षेत्र विशेष किसिमका बत्ती र फूलले समेत सिँगारिने छ ।

पशुपति क्षेत्र कानुनद्वारा नै मांस, रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले शिवरात्रि पर्वमा गाँजा–भाङ जस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न कोषले सबैलाई अनुरोध गरेको छ । पशुपति क्षेत्र प्लास्टिक निषेधित क्षेत्र भएकाले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थालाई भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकका कप प्रयोग नगर्न कोषले आह्वान गरेको छ ।

शिवरात्रिमा पशुपति आउने भक्तजन र विभिन्न सेवामा खटिने कर्मचारीलगायत स्वयंसेवकलाई नेपालीको मौलिक संस्कार नमस्कारलाई गर्वका साथ अवलम्बन गर्न समेत अनुरोध गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले बताउनुभयो ।
पशुपति क्षेत्रमा पर्ने काठमाण्डौ महानगरपालिकाका वडा कार्यालयले पशुपति मन्दिर आसपास बसोवास गर्ने स्थानीय बासिन्दाका लागि स्थानीय परिचयपत्र (पास) जारी गरिएको कोषले जनाएको छ । यसका आधारमा आफ्नो बसोवास रहेको स्थानसम्म आवतजावत गर्न दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

शिवरात्रिका लागि पशुपति क्षेत्रमा झण्डै तीन हजारभन्दा बढी साधुसन्त आइसकेको कोषले जनाएको छ । चार सयभन्दा बढी नागा बाबा पशुपति मूल मन्दिर प्रवेश गरी बसेको प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group