ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट कृषि क्षेत्रमा वितरण प्रणाली व्यवस्थित र पारदर्शी हुन नसक्दा अनुदान अस्तव्यस्त (भिडियोसहित)


एबीसी न्यूज
८ फाल्गुन २०७६, बिहिबार   २ : ४६   बजे

काठमाडौं, ८ फागुन ।  सरकारले कृषि अनुदानमा अरबौं रकम विनियोजन गर्दै आएको छ । किसानको जीवनस्तर माथी उकास्न र कृषि क्षेत्रबाट राष्ट्रिय उत्पादनमा सहयोग पु¥याउन सरकारले अनुदान लगायत थुप्रै पहल अगाडि बढाईरहेको दाबी गरिरहेको छ । तर, ती कार्यक्रम तथा अनुदानका रकमहरु वास्तविक किसानसम्म पुग्न सकेको छैन । विशेषगरी अनुदान वितरणप्रणाली व्यवस्थित र पारदर्शी हुन नसक्दा अनुदान क्षेत्र अस्तव्यस्त छ ।

सरकारले कृषि क्षेत्रको अनुदानका लागि भन्दै वार्षिक अर्बौ रकम विनियोजन गर्ने गरेको छ । कृषि क्षेत्रको मलमा मात्रै वार्षिक ९, १० अर्बको अनुदान विनियोजन हुने गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । यस लगायत कृषिको प्रिमियम बिमा तर्फ पनि वार्षिक रुपमा १ अर्ब बराबर रकम विनियोजन हुने गरेको सरकारी तथ्यांक छ । यसैगरी आगामी आर्थिक वर्षमा सरकारले सिफारिस गरेका किसानहरुलाई कृषि विकास बैंकस“ग सम्झौता गरी १० लाख रुपैंयासम्मको बिना ब्याजको ऋण दिने व्यवस्था मिलाईरहेको प्रदेश नम्बर ३ का सचिव डाक्टर योगेन्द्र कार्कीले बताएका छन् । विशेषगरी साना र सिमान्त किसानहरुलाई समेत प्राथमिकतामा राखी सरकारले अनुदानका विभिन्न कार्यक्रमहरु अगाडि बढाईरहेको कार्कीले बताए ।

कृषि क्षेत्रमा छुट्याईएका ती अनुदानका रकम वास्तविक किसान समक्ष नपुगिरहेको कृषि वैज्ञानिक डाक्टर डिल्ली शर्मा बताउ“छन् । राजनीतिक पार्टीका कार्यकर्ताहरु र नक्कली किसानहरुले सो अनुदानको रकमहरु दुरुपयोग भईरहेको डाक्टर शर्माले आरोप लगाएका छन् । सरकारले आधुनिक तथा व्यवसायिक कृषिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम पनि ल्यायो । तर यो कार्यक्रम पनि प्रभावकारी बन्न नसकेको शर्माको भनाई छ ।

कृषि मन्त्रालयमा मन्त्री फेरिने पिच्छे फरक–फरक कार्यक्रम हुने गर्छ । सबै मन्त्रीले आ–आफ्नो क्षेत्रमा एउटा न एउटा काम त गर्नैप¥यो । अनि देखाउंछन, यौटा यौटा स्टन्ट । उदाहरण हेरौं न, आलु नहुने ठाउ“मा पनि आलुका लागि कार्यक्रमहरु जान्छ । माछा नै नहुने ठाउ“मा माछा पालन तथा पोखरीका लागि अनुदान पुग्छ ।

यो सिधासिधा अनुदान दुरुपयोगको गतिलो उदाहरण बनेका छन् यस्ता कार्यक्रमहरु । केही समयअघि प्रदेश ५ सरकारले कृषिमा दिएको अनुदान दुरुपयोग भएको समाचार एबीसी न्यूजले नै प्रसारण गरेको थियो । पछि प्रदेश सरकारले अनुदान फिर्ता गर्न बाध्य भयो । यस्ता, दुरुपयोगका घटना धेरैतिर छन् । कृषि क्षेत्रमा कुन भूगोलमा कुन बाली लगाउने भन्ने विषयमा सरकार स्पष्ट नभएसम्म अनुदान दुरुपयोग हुन्छ । यसकारण, सरकारले तोकिए बमोजिमको गुणस्तर बाली उत्पादन गर्ने आधारमा मात्र वास्तविका किसानहरुलाई अनुदानको रकम उपलब्ध गराउनुपर्ने कृषि वैज्ञानिक डाक्टर शर्मा बताउंछन् ।

किसानको जीवनस्तर उकास्दै कृषि क्षेत्रको विकास गर्ने उद्येश्यका साथ कृषिमा अनुदानको अवधारणा ल्याईएपनि यी रकमहरु वास्तविक किसान समक्ष अझै पनि पुग्न सकेको छैन । काजगमा मिलाउने विचौलियाहरुले अनुदान हात पार्न मन्त्रालय धाउने क्रम रोकिएको छैन । वास्तविका किसानले अनुदान प्राप्त गर्न नसक्दा कृषिको आधुनिकरण र व्यवसायिकरण समेत प्रभावित बनिरहेको छ । यसर्थ, समृद्ध र सुखी किसान निर्माणका लागि कृषि क्षेत्रमा विनियोजित अनुदानका रकमहरु वास्तविक किसान समक्ष पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group