काठमाडौं ९ फागुन । खानेपानी तथा सरसफाइ टेक्निसियन सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना २ लाख घुससहित अख्तियारले पक्राउ गरी नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाका टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो।
उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो। चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत सो रकम लिएको अख्तियारले जनाएको छ । अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्