ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यकर्ताको दबाबले पार्टीभित्रको व्यक्तिवादी सोच मत्थर हुँदै गएको छ– नेता महत


admin
९ फाल्गुन २०७६, शुक्रबार   ४ : १२   बजे

काठमाडौं ९ फागुन । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि काँग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताउनुभएको छ । उहाँले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताउनुभयो ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफू अनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रविन्दुमा राख्न अघि बढ्न खबरदारी गरेपछि व्यक्ति केन्द्रित सोच मत्थर हँुदै गएको प्रष्ट पार्नुभयो । उहाँले रु ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो ।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता÷कार्यकर्तामाथि बल प्रयोग गरी भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उहाँको भनाइ थियो । मुलुकमा बढदै गएको महङ्गी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै काँग्रेस सडकमा उत्रिने नेता महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group