ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शताब्दी पुरुषद्वय जोशी र घिमिरेबाट प्रधानमन्त्रीको पुस्तक ‘भिजन टू एक्सन’को विमोचन


एबीसी न्यूज
१० फाल्गुन २०७६, शनिबार   ३ : ३६   बजे

 

काठमाडौं, १० फागुन । शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शताब्दी पुरुषद्वयले  पुस्तक विमोचन गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो । २४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित छन् ।

पुस्तकमा विकास र समृद्धिका विषयबस्तु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेट्नुभएको छ ।

कल्पना र कार्यान्वयन, मित्रता र कुटनीती, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पनि पुस्तकमा समेटिएका छन् । ओलीले नेपालमा सबैथोक रहेको तर योजनालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो

फागुन ११ गते जन्म दिन भएपनि यसपटक उहा जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लाग्नु भएकाले आजै विमोचन गरिएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu