ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने व्यक्तित्व– मुख्यमन्त्री पौडेल


admin
११ फाल्गुन २०७६, आइतबार   १० : ५९   बजे

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।“निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । सन्देशमा अगाडि भनिएको छ, “तपाईंको उच्च मनोवल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकूलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् । चुनौतीका रुपमा रहेको प्रतिकूल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षज्यूले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेल्नुभएको भूमिकाको प्रशंसा जतिनै गरे पनि कम हुन्छ ।”

“समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीनवटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भई समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group