ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान


admin
११ फाल्गुन २०७६, आइतबार   ११ : १६   बजे

काठमाडौं, ११ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उहाँले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । “गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ । संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ”, उहाँले भन्नुभयो । सो विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उहाँको भनाइ थियो ।
सो अवसरमा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र भ्रमण वर्षका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष प्रचारप्रसारका लागि पनि विभिन्न सङ्घसस्थासँग सहकार्य गर्दै योजना बनाई लागिपरेको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आउने क्रममा स्पेनमा पनि आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group