ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीलाई १४ घन्टाको ‘नर्क’ सवारी साधन र धुलोसँगै बित्छ दैनिकी


admin
११ फाल्गुन २०७६, आइतबार   ११ : ४९   बजे

काठमाडौं, ११ फागुन । उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नैै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् ।

निर्माण शुरु भएको लामो बितिसक्दा यस सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन । कालोपत्र भएको ठाउँमा पनि धुलोको कुहिरीमण्डल हुने गरेको छ । चाबहिलबाट साँखुसम्म पुग्ने सडक यातायातको हिसाबले निकै चाप हुने सडक हो । सावरीसाधनको चापको कारण यहाँ कार्यरत ट्राफिक प्रहरी बिहान उज्यालो भएदेखि सडकमै रहेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिठ्ठी फुक्ने बाध्यतालाई जो–कोहीले देखिनै रहेका हुन्छन् । बौद्धको सडकको ड्युटीमा खटिरहेका प्रहरी जवान समिर दाहाल भन्नुहुन्छ, “चावहिलदेखि जोरपाटीसम्म सडक बन्दै गरेको अवस्थामा सडकमा निकै जाम हुन्थ्यो, खाना खाने फुर्सद हँुदैन थियो । निर्माण सामग्री सडकमै हुन्थे । कच्ची सडकमा धुलोले नजिकैको दूरीमा पनि केही नदेखिने थियो । अहिले जोरपाटीसम्म सडक कालोपत्र भएपछि सडकमा तुलनात्मकरूपमा जाम घटेको छ तर धुवाँधुलो भने घटेको छैन ।”

व्यस्त सडकखण्डमा यताउता दौडिरहनुपर्ने हुन्छ । काम नै यस्तै हो । यसो भन्दै गर्दा दाहालले हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै गरेको देखिन्थ्यो । ट्राफिक प्रहरीको कार्य समय यति घण्टाको भनेर किटान गर्न सक्ने अवस्था छैन, महानगरीय ट्राफिक प्रहरी प्रभाग कपनका ट्राफिक प्रहरी सहायक निरीक्षक असइ नवराज सापकोटा भन्नुहुन्छ, “बिहान सबेरै सडकमा निक्लिएका ट्राफिक प्रहरीले मध्यरातसम्म फुर्सद पाउँदैनन् । चेकिङ र ड्युटीले नै सामान्यतयाः १४ घण्टाभन्दा बढी सडकमै रहनुपर्ने बाध्यता छ ।”धुवाँधुलो त हाम्रो पहिचानै जस्तो भैसक्यो आज लगाएको कपडा भोलि लगाउन सकिँदैन । धुलो मात्रै कम हुने हो भने सडकमा रहेर काम गर्न निकै सहज हुने सापकोटा बताउनुहुन्छ । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा केही ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि साँखुसम्म तीन ठाउँमा कालोपत्र छ । बाँकी पूरै सडक कच्ची छन् ।

एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिदैन । कराउँदा कराउँदै स्वर बस्छ । हाम्रो समयस्या देख्दैनन् नियम मिच्नेलाई कारवाही गर्न खोज्दा उल्टै ट्राफिक प्रहरीमाथि नै भएभरको रिस पोख्ने गरेको महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी जवान गोविन्द भण्डारी बताउनुहुन्छ । भण्डारी भन्नुहुन्छ, “हाम्रो आफ्नै समस्या छन्, खानाको समय मिल्दैन, निद्रा पुग्दैन, दैनिक सडकमा उभिँदा ढाड दुख्ने रोग बढ्दो छ । खाना र निद्रा नपुग्दा उच्च रक्तचापको समस्याले पिरोल्ने गरेको छ । यतिमात्रै होइन, घरपरिवारबाट ढाटा हुँदा बिदाको समयमा घर जाँदा आफ्नै छोराछोरीले पनि ठूलोबुबा र अङ्कल भन्ने गरेका छन् । यसरी हाम्रो दैनिक कर्तव्य सडककै रहेर गरिरहेका छौँ, कतिपय बुझ्दैनन् हेप्छन् भने कतिपय सम्मान गर्छन् ।

कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलो र सडकजामको हैरानीको मुख्य मारमा पर्नेछन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडकको काम छिटो सम्पन्न भए धुलोबाट भए पनि मुक्ति मिल्ने ट्राफिक प्रहरी बताउँछन् । विसं २०७२ बाट सडक बनाउने भन्दै निर्माण शुरु भयो । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । माक्स लगायो केही समयमै सिठ्ठी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको माक्स भएता पनि सवारी साधनले उडाउने अत्यधिक धुँवाधुलाले सजिलै मुखभित्र छिर्ने गरेकामा ट्राफिक प्रहरीको दुखेसो छ ।

दैनिक बिहान बेलुकाको धुलोले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोको कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडकको विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताएता पनि सडक निर्माणले कहिले सम्पन्नता पाउँछ भन्ने अझै टुङ्गो छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group