ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह


admin
११ फाल्गुन २०७६, आइतबार   २ : ४८   बजे

काठमाडौं, ११ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याउनुभयो । मन्त्री डा खतिवडाले भन्नुभयो, “सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, सङ्घीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ ।” उहाँले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन÷प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गर्नुभयो ।

“सुसूचित हुन पाउने जनताको अधिकारलाई सुनिश्चित राख्नुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नुपर्ने सञ्चारमाध्यमको भूमिका हुन्छ । समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ । उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अङ्गलाई पारदर्शी बनाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । मुलुकमा व्याप्त गरिबीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उहाँको भनाइ छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा पर्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिनुभएको थियो । मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री डा खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोक्नुभएको थियो ।

–

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu