ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई पोखरामा कालोझण्डा देखाउने ४ जना पक्राउ


admin
१२ फाल्गुन २०७६, सोमबार   ३ : ०९   बजे

काठमाडौं, १२ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन प्रयास गर्ने ४ युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लिएर जाने क्रममा पीएन क्याम्पस अघिबाट नेविसंघ र समाजवादी पार्टीका विद्यार्थी युनियनका ४ युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका भीरध्वज जंग पौडेल जिएमसी उपाध्याक्ष, असिम पौडेल छन्। उनी पिएन क्याम्पस नेविसंघका सदस्य हुन्। थप पक्राउ पर्नेहरुमा समाजवादीको विद्यार्थी युनियन सम्बद्ध विशाल तिमिल्सिना, नेत्र चापागाईं रहेको प्रहरीले जनाएको छ ।

पार्टी प्रशिक्षण कार्यक्रमका लागि प्रधानमन्त्री ओली पोखरा पुग्नुभएको हो । सोमबार गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रम छ । कालो झन्डा प्रकरणपछि प्रशिक्षणस्थल सभागृहमा पत्रकार प्रवेश गर्न कडाई गरिएको छ। नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहां पोखरा पुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । उहांका अनुसार पोखरा सभागृहमा हुने प्रशिक्षणमा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, प्रदेशभित्रका गाउँपालिका, नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्षसहित झण्डै एक हजार ४०० जनाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group